IMG-LOGO

को हुन् गोन्जालो ?

 मंगल, भदौ २९, २०७८  केदार सिटौला

     आफुलाई माकर््सवादको चौंथो तरबार भनेर दाबी गर्ने, पेरुको साइनिङ पाथका नेता डा.अबिमाइल गुजम्यान “गोन्जालो” को ८६ वर्षको उमेरमा शनिबार पेरुको शिका अस्पतालमा (जेलमा रहंदा)  निधन भएको छ । उनी पेरुमा जनयुद्ध सञ्चालन गरे वापत २९ वर्ष देखि जेलमा थिए ।

     दर्शनशास्त्रका प्राध्यापक डा.अबिमाइल गुजम्यान “गोन्जालो” को विश्व दृष्टिकोण माओवाद थियो । उनी माओ त्से तुङ्गको विचारबाट अति नै प्रभावित थिए । गोन्जालोले केही पटक माओकालिन चीन भ्रमण गर्ने अवसर पाएका थिए । र त्यस क्रममा उनले त्यहाँ दर्शन,राजनीति र सैन्य तालिम पनि पाएका थिए । सैन्य तालिमको क्रममा उनलाई जनयुद्द र जन सेना निर्माणका रणनीति र कार्यनीतिबारे सिकाइको थियो । सैद्धान्तिक पाठ सकिएपछि गोन्जालोलाई सैन्य क्षेत्रबारे प्रयोगात्मक ज्ञान दिन थालियो । जुन क्रममा एम्बुस कसरी गर्ने, आक्रमण कसरी गर्ने, सैन्य गतिविधि कसरी गर्ने र विस्फोटक पदार्थ कसरी संचालन गर्ने भनेर सिकाइयो । विस्फोटक पदार्थ निर्माण गर्ने क्रममा गोञ्जालोलाई प्रशिक्षकले भने सुझाव दिए सधंै विचारधारालाई प्राथमिकता दिनु । यसले हामीलाई जे पनि गर्न सक्षम बनाउँछ । विस्फोटक पदार्थको क्लास सिक्ने दिने प्रशिक्षकले एक दिन गोन्जालोलाई भने जे पनि बिस्फोट हुनसक्छ । गोन्जालोले कलम उठाए त्यो बिस्फोट भयो,बस्ने कुर्सि उठाए त्यो पनि पड्कियो । कक्षामा भएका हरेक चिज पड्किन थाले । त्यो प्रदर्शन हरेक चिज विस्फोटक बन्न सक्छ यदि हामीले त्यसलाई प्रयोग गर्ने भन्ने जान्यांै भनेर देखाउन खोजिएको थियो । आश्चर्य चकित हँुदै गोन्जालोले सोधे यो कसरी गर्नु भयो ? प्रशिक्षकले जवाफ दिए चिन्ता नगर्नुहोस्, तपाइले पहिले नै प्रयाप्त मात्रामा सिकी सक्नु भएको छ । आम मानिसले के गर्न सक्छन् त्यो सम्झिनुहोस्, तिनीहरुसँग कहिले नसकिने कौसलको भण्डार हुन्छ । हामीले यहाँ तपाइलाई जे सिकाएका छांै जनताले त्यो गर्ने छन् र तपाइँलाई यो कुरा फेरी पढाउने छन् । गोन्जालोले यो पाठ कहिले बिर्सेनन् ।

     गोन्जालो जुन बेला चीन गएका थिए । त्यस बेला चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो । त्यसको अमित छाप गोन्जालोमा प¥यो । माओवाद गोन्जालोको सबल पक्ष पनि बन्यो र कमजोर पक्ष पनि उनले माओवादलाई सम्प्रदायको रुपमा कट्टरताका साथ अपनाए ।  माओवाद मान्ने बाहेक अरु सबै कम्युनिस्ट धारलाई साइनिङ पाथले दुस्मन सम्झिन्थ्यिो । त्यस बेलाको एउटा चर्चित घटना यस प्रकार थियो । १९८० को एक बिहान पेरूको राजधानी लिमाका धेरै जसो ल्याम्प पोस्टहरूमा कुकुर मारेर झुन्डियाईएको थियो । ती कुकुरको छातिमा एउटा सुचना बाँधिएको थियो । त्यसमा लेखीएको थियो देङ सियायोपिङः कुकुर्नीको छाउरा (म्भलन ह्ष्बयउष्लनः क्यल या ब द्यष्तअज)। यो काम भर्खरै त्यहाँ जनयुद्ध सुरु गरेको साइनिङ पाथ बिद्रोहीहरुको थियो । यो घटना त्यसबेला पेरुमा निक्कै चर्चित भयो । सामान्य पेरुभियाली जनता लाई देङ को हुन र उनको माओबादीहरू सँग के शत्रुता थियो ? थाह हुने कुरा पनि भएन । र चासो हुने कुरा पनि भएन । तर यो घटनाले साइनिङपाथलाई धेरै बदनाम ग¥यो ।

     साइनिङ पाथले अन्य कम्युनिस्ट र बामपन्थी पार्टीहरु सँग भातृत्व पूर्ण सम्बन्ध होईन निषेधको व्यवहार गथ्र्यो । यही समयमा सयौं सोभियत संघ समर्थक पेरुभियाली कम्युनिस्ट पार्टी, अन्य बामपन्थी, ट्रेड युनियन र किसान नेताहरु मारिए । यो हत्याको आरोप पनि साइनिङ पाथ माथि लाग्यो । जबकी पेरुको सरकारले पनि चर्को राज्य आतंक मच्चाई रहेको थियो । यसरी चौतर्फी आक्रमण गर्ने र आफुसँग फरक विचार राख्नेसँग शत्रुतापूर्ण व्यवहार गर्ने कार्यसैलीका कारण साइनिङ पाथले अहिले सम्म ठूलो बदनामी सहनु परेको छ । जनयुद्धको क्रममा मारिएका कुल ७० हजार सबै मानिसको मृत्युको जिम्मेवार साइनिङ पाथलाई नै ठहराइनेछ । जवकि पेरुको सरकारी सेनाले त्यस बेला ठुलठुला आम हत्या गरेका खबरहरु पर्याप्त मात्रमा आएका थिए । तर साइनिङ पाथको प्रतिरक्षा गर्ने मान्छेहरु पेरु वा कति पनि भेटिदंैन । त्यही भएर साइनिङ पाथ आतंकारी र आमहत्यारा हो भन्ने न्यारेटिभ स्थापित भएको छ ।

     जनयुद्धको सुरुवातमा पेरुका किसान समुदायले साइनिङ पाथलाई ठुलो साथ दिएका थिए । तर पछि गएर पेरुका आदिबासी इन्डियन समुदायको मूल्य मान्यता र संस्कृतिलाई अबहेलना गर्ने, किसानहरुका बजार अर्थतन्त्रलाई नियन्त्रण गर्न खोजे पछि यो समुदाय साइनिङ पाथ विरुद्ध खनियो । किसानहरु साइनिङ पाथ विरुद्ध ग्रामिण आत्मरक्षा दल ( च्यलमबक ) बनाएर लड्न थाले । यी ग्रामिण रक्षक दललाई सरकारले हतियार र तालिम दिन्थ्यो । यही कारणले पनि साइनिङ पाथलाई पराजित ग¥यो । पेरुका वर्तमान रास्ट्रपति पेड्रो क्यास्टिलो यस्तै साइनिङ पाथ विरोधी ग्रामिण आत्मरक्षा दलमा काम गरेका व्यक्ति हुनाले उनमा गोन्जालो र साइनिङ पाथ चर्को घृणा छ । 

     त्यस्तै गोन्जालोले साइनिङ पाथमा व्यक्ति केन्द्रित संस्थामा ढाले ।  संगठनको सर्वेसर्वा गोन्जालो बने । पार्टीको विचारधारामा उनकै नाममा गोन्जालो पाथ पनि थपियो । यसको नकरात्मक असर के भयो भने जव गोन्जालो पक्राउ परे साइनिङ पाथ तासको घर जस्तै ढल्यो । गोन्जालोले  आफु पक्राउ परे पछि आफ्नो विचारधार प्रति गद्धारी गरेनन् । न त आफ्नो जनयुद्ध चलाउने निर्णय प्रति नै कुनै पश्चाताप व्यक्त गरे । उनले सार्वजनिक मिडियामा जति बेला उपस्थित देखा पर्ने अवसर पाए उनले आफ्नो विचारधारा प्रति दृढ रहेको जानकारी दिए । गोन्जालोले आफ्नो २९ वर्ष जेल जीवन बिताए । टिभी हेर्न नरुचाउने गोन्जालोले यो अवधिमा पार्टीको इतिहासको दुई खण्ड लेखे जुन अनलाइन मार्फत प्रकासित भएको छ । र उनी केही वर्ष यता युद्धरत अवस्थाको बेलाको पार्टी इतिहास लेख्दै थिए । 

     गोन्जालोले बनाएको पार्टी साइनिङ पाथ अहिले पूर्ण रुपमा नष्ट भैसकेको छ । साइनिङ पाथका कार्यकर्ताहरुको अधिकारका लागि क्षमदान र मौलिक अधिकारका लागि आन्दोलन (ःइख्ब्म्भ्ँ ) भन्ने संस्था कार्यरत छ । तर यसलाई पनि पेरु सरकारले राम्रो रुपले हेर्दैन । उता जंगलमा साइनिङ पाथबाट अलग भएको र गोन्जालोलाई गद्धार मान्ने कमरेड जोसेले नेतृत्व गरेको पेरुको सैन्यकृत कम्युनिस्ट पार्टी भन्ने संगठन क्रियाशिल छ । यसले बेला बेला छिटपुट रुपमा हमला गर्ने गर्दछ । यो छापामार संगठनले केही महिना अगाडि रास्ट्रपति चुनावको पूर्वसंध्यामा एउटा गाँउमा आक्रमण गरेर १८ जना मानिसको हत्या ग¥यो ।

                – सिटौलाको फेसबुकबाट साभार

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्