नाता र सम्बन्धबारे चर्चा गर्दा हामीले प्रेम,यौन र विवाहा एउटै हैन भनेर आत्मासात गर्न सक्नुपर्छ । नाताः केही जैविक, केही भावनामा, केही स्वार्थमा, केही सुरक्षाका कारणले बनेका हुन्छन् । सभ्यताको विकास, उत्पादनका साधन र स्वामित्वमा आउने फेरबदलले नाता सम्वन्धलाई असर पारिरहेको हुन्छ । नाताहरू वस्तु नभै भावना र स्वार्थसँग जोडिएका हुन्छन् । भावना पनि एकै प्रकारका हुँदैनन् । जैविक, यौनिक, सामाजिक, भौगोलिक हुन्छ । ती नाताहरू सचेत र अवचेतन मस्तिष्कले निर्धारण र निरन्तरता दिइरहेको हुन्छ ।
जैविक नाताः वंश अर्थात कोखले निधारण गर्छ । कुल, गोत्र, जन्म, र डीएनए प्रमुख हुन् । यौनिक नाताहरू वासना र वंशबृद्धिसंँग सम्बन्ध राख्छ । हरेक समाजको विकाससाथै सामाजिक नियम र सँस्कृतिको नव निमार्ण भैरहेको हुन्छ । त्यसले मानिसको आचरण र कृयाकलापको निर्देशन गरिरहेको हुन्छ । उमेरसँगै हरेक जीवात्मालाई यौनिक आवश्यकता र भोक जाग्छ । विपरित लिङ्गप्रति आकर्षण बढ्छन् । यौन सम्बन्ध राख्छ, हुन्छ । त्यसलाई मानव समाजमा विवाह वा प्रस्टिच्युसन भनिन्छ । कामुकतालाई नैतिक आचरणसंँग जोडदा त्यो विवाहमा फेरिन्छ भने क्षणिक प्यास मेटाउन वेश्याबृति हुँने गर्छन् । संसारमा हतियार पछिको सवभन्दा ठूलो व्यापार यौन व्यवसाय हो । त्यो नाता र सम्बन्धमा फेरिँदैन । यौनिक आकर्षण उमेर, लिंग र समयसँगै फेरिँदै जान्छ । विवाहबाट सन्तान उत्पादन हुन्छ, सामाजिक उत्तरदायित्व रहन्छ, जैविक सम्बन्ध भएकाले भावना पनि जोडिरहेका हुन्छन् । आर्थिक स्वावलम्बनसँगै विवाह र सन्तानोत्पादन पनि समाजको अवस्था अनुसार फेरिँदै जान्छन् । अव भने विवाह नगरी सन्तान उत्पादनलाई कतिपय राज्य र समाजले पनि स्वीकार्दै गएको छ ।
सामाजिक नाताः यो साँस्कृतिक सम्बन्ध हो । भाषा, भेष, खानपान, मान्यता, धर्म, वर्ण, जाति र भूगोलले निर्धारण गर्छ । विश्वास आधारित नाता र सम्बन्धः विचारले पैदा भएका विश्वासका आधारमा हुने नाता सम्बन्धमा धार्मिक र राजनीतिक हुन्छन् । विश्वासले शक्ति र प्रतिवद्घता पैदागरेर आक्रमक वा सुरक्षात्मक अवस्थामा पु¥याउँछ । वर्चश्व लडाई धार्मिक अतिविश्वास र स्वार्थका टकराइएर लडाइका कच्चा सामाग्री उत्पादन गर्छ । त्यो अतिविश्वासले पैदा गर्ने नाता हो । क्रुसेड, जिहाद र धर्मयुद्ध मात्रै नभै इतिहासमा देखिएका वर्चस्वका लडाईमा विश्वासले पैदा भएका नाता राष्ट्रियता बनेर पनि देखिन्छ । अझ पल्टनेहरूमा कुन ब्रिगेड, सेक्सन, कम्पनी भनेर नाता जोड्छन । युद्धका बेला सहयोद्धासँग औधी विश्वास र नाता आपसमा सुरक्षाका कारण जोडिएका हुन्छन् ।
सुरक्षाका कारण जोडिएका नाताः सभ्यता विकासक्रममा कविला समुह, परिवार,समाज र राज्यको विकासमा आधारित हुन्छ । आवश्यकता र सुरक्षा नै प्रमुख रहे । संवन्धहरूः जीवनयात्राक्रममा हरेक मोड र घुम्टीमा नयाँनयाँ सम्वन्धहरू हुँदै जान्छन.। ती बढदैजाँदा जीवनसम्बन्धमा फेरिन पनि सक्छन् । समय र आवश्यकतासँगै बनेका सम्बन्ध भावनामा नभै विषय र स्वार्थले निर्धारण गर्छ । ती कति टिक्ने भन्ने कुरा कति एकअर्कालाई कति आवश्यकता छ ? भावनामय भयो ? एकअर्का स्वार्थ कति पुरा गर्न सक्छन ? भन्ने कुरामा भर पर्छ । दुईटा व्यापारीहरू असल साझेदार हुन सक्छन् । तर असल मित्र भने बन्न सक्दैनन् । मित्रता भावना र विचारसँग जोडिएको हुन्छ भने साझेदारका नाता नाफाले जोडेको र आर्थिक मनोविज्ञान हावी हुन्छ ।
मान्छे एउटा अत्यन्तै जटिल प्राणी हो । उसका मस्तिष्कमा एकैपटक धेरै मान्छे सकृय हुन्छन । स्वार्थ र भय आस्रित नाताहरू भावनामा नभै आवश्यकतामा मात्रै टिकेका हुन्छन् । जैविक नाताहरूमा भने डियनएको चुम्वकीय आकर्षण रहन्छ । त्यो स्वभाविक र पुष्तैनी हुन्छ । यौनिक नाता संवन्ध समाज र सँस्कृति अनुसार हुन्छ । पारिवारिक बनोट र संवन्धसँगै विकसित भावना र अरूले के भन्ला ? भन्ने सामाजिक नैतिकतामा टिकेका हुन्छन् ।
–अहिले नाता र सम्बन्धहरु पुराना जस्ता गाढा छैनन् के लाग्छ तपाईंलाई ?
बजारले सवै विषयलाइ पूर्ण कब्जा ग¥यो । सिद्दान्त,विचार,आदर्श,सपना,स्वभिमान, नाता,कुटुम्व,धर्म,राष्ट्रियता सबै नियन्त्रण गरिसक्यो । आँसु,हाँसो,मुस्कान,संवेदना सबै माथी हमला गरेर मान्छेलाई रोबोट बनाइसक्यो । अझ यो तिब्र प्रकृयामा छ । करपोरेट राजनीतिको नांगो रूप देख्न बाँकी छ खुशी सकिए,
तपाइँ हामी पनि सर्लक्कै पÞmेरियौ हगी ?
सुख नामक विषय खोज्ने क्रममा मान्छेलाई बजारशास्त्रले कुत्तालाई भन्दा घिसार्न थाल्यो । यो छुतको रोगबाट कोही पनि जोगिन सकेन ।
नाता सम्बन्ध बारे थप भन्नुस त ?
विश्वको जनसंख्या ८ बिलियन पुगेको छ यत्रा मान्छे छन् दुनियाँमा दुईचार जना बटारिएर के फरक पर्छ र हगी ?
टाउकाको मुल्य तोक्ने र तोकिने, मार्न सिआइडीगर्ने त मिलिसके ? कस्तो लाग्दो हो ?
मन त हो ट्राजिट फिलिन्ग्स् पक्कै होला । यो स्वार्थ र भावना कति भिन्न छ हगि ?
प्रेम गर्ने पनि उमेर हुन्छ र ?
–प्रेम भावनाले हुन्छ, उमेर र अवस्थाले हैन । तपाइले भन्नु भएको प्रेम नभै सेक्सलाई संकेत गरेको हो की ? प्रेम आफन्तसँंग, आमा दिदीबहिनीसँग, भाषा साहित्य, प्रकृति,सवैसँग हुन्छ । प्रेमका रूप,प्रसँग,सरोकारवाला पात्र वा वस्तु फरक हुँन सक्छन् ।
आँट ?
मसँग आँट थियो,हिम्मत थियो, सपना थियो, दया र करूणा थिए, जोस थियो । अँध्यारो विरूद्द आफैँ आगो झोस्नुपर्छ भन्ने चेत थियो । आँसु र हाँसो थियो । केहीसँग घृणा थियो र धेरैसँग माया, पिरती थियो । रोक्न सकेको थिए–वासनाले, लालसाले,निजी र पूँजीले । तरूणी श्रीमतीका बाहुपासेले, किलकिलाउदा लालाबालाको मुस्कानले र बृद्द बाबाआमाको आशा लौरो बनेको वाणीले ।
