नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जस्तो अस्थिर स्वभाव जस्तै निर्वाचन लड्ने क्षेत्र पनि स्थायी रहेन । प्रचण्ड अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बने । माओवादी केन्द्रको पदाधिकारीको बैठकले प्रचण्डलाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निणर्य गरेको समाचार आएुुसँगै उनलाई हराउन योजना बनाएकाहर हिस्स भए । नेकपा एमाले अध्यक्ष केपी ओलीले एउटा नवजवानलाई सिकाएर पठाए ओलीकै शब्द ति नवजवान फलाक्दै छन् । प्रचण्डका अगाडि ति भोलि बिचरा पिउसो हुनेछन् । किनभने गोरखा जिल्ला माओवादी किल्ला हो । बाबुराम भट्टराईले छोरी मानुषीका लागी यसपल्ट आफु नउठेर प्रचण्डलाई भित्रयाए ।
प्रचण्डले छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२ मा किन उक्ले ?
चितवन जिल्लामा रहेका कूल तीन वटा मध्ये हाइप्रोफाइल उम्मेदवारका कारण चर्चामा रहने निर्वाचन क्षेत्र हो चितवन क्षेत्र नम्बर ३ पछिल्लो समय ‘प्रचण्ड’ले सुरक्षित क्षेत्र खोज्ने क्रममा यो निर्वाचन क्षेत्रलाई लिएका थिए । उनले आफ्नी छोरी रेणु दाहाललाई यही क्षेत्रका अधिकांश निर्वाचन क्षेत्र पर्ने भरतपुर नगरपालिकामा दोस्रो पटक मेयरमा जिताउन सफल भएका पनि थिए । पहिलो पटक मतपत्र च्यातेर कठिन जित निकाले पनि दोस्रो पटकको कार्यकालका लागि भने उनी सहजै विजयी भएकी थिइन्। यसका पछाडि त्यहाँ उनले गरेका विकास निर्माणको काम र यसका लागि छुट्याइएको बजेट प्रमुख कारणका रुपमा लिइन्छ । संविधान सभाको पहिलो निर्वाचन २०६३ मा प्रचण्ड रोल्पा २ र काठमाडौँ १० मा निर्वाचित भएका थिए जसमा उनले काठमाडौँ १० रोजेर रोल्पा २ छाडेका थिए । तर २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा उनै प्रचण्ड काठमाडौँ १० मा कांग्रेसका लो प्रोफाइल नेता राजन केसीसित ८ हजार मतले पराजित भए ।
दोस्रो संविधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट ९ सय २३ मतको झिनो अन्तरले जिते पनि बत्ती निभाएर मत गनेर उनलाई जिताइएको आरोप लाग्ने गर्छ । नयाँ संविधानमा दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न नपाइने भएपछि प्रचण्डले देउवाको डडेलधुरा र ओलीको झापा जस्तै स्थायी र पकड क्षेत्रका रुपमा चितवन बनाउन खोजेको भान हुन्थ्यो। यद्यपि उनी यो क्षेत्रबाट एक पटक मात्र निर्वाचित भएका थिए । कास्कीमा जन्मिए पनि प्रचण्डको बाल््यकाल चितवनको शिवनगरमा बितेको हो। दोस्रो पटक कांग्रेससितको गठबन्धनमा प्रधानमन्त्री बनेपछि उनले चितवन लक्षित राजनीति गर े। सडक निर्माणका लागि ठूलो बजेट रकमान्तर गरे । क्लब र सहकारीलाई समेत बजेट छुट्याए ।
चितवन ३ को इतिहास कस्तो ?
चितवन ३ मा परम्परागत रुपमा प्रतिस्पर्धा नेपाली कांग्रेस र कम्युनिस्ट दलहरुकै हो । तर यसमा निर्वाचन अघि हुने गठबन्धन र निर्वाचनमा आउनले लहरले पनि प्रभाव पार्ने गरेको छ ।
२०४८ वाम गठबन्धनको प्रभाव
बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएको पहिलो निर्वाचनमा चितवन जिल्लामा वाम गठबन्धन भएको थियो। यस अनुसार तीन वटै क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गर्न सफल भएको थियो भने सबै क्षेत्रमा नेपाली कांग्रेस निकट प्रतिस्पर्धी भएका थिए । वाम गठबन्धनका रुपमा चितवन १ मा एमालेका जागृतप्रसाद भेटवाल, चितवन २ मा नेकपा प्रजातान्त्रिकका भीमबहादुर श्रेष्ठ र चितवन ३ मा संयुक्त जनमोर्चाका अमिक शेरचन विजयी भएका थिए ।
देशी बिदेशी शक्ति पुरै चितवन तिर लाग्दा छापामार शैलीमा प्रचण्ड गोरखा उक्लिए । उनी गोरखा उक्लनुको कारण कमैलाई थाहा छ । माओवादीको यो सुरक्षित क्षेत्र मात्र होइन । प्रचण्डको भावनात्मक सम्बन्ध गोरखासंगै छ किनभने जब उनले पाटन सयुक्त्त क्याम्पस पढीसकेर गोरखामा शिक्षक भएका थिए त्यसैले उनी त्यहाँ गए । अब ढुक्कसँग देश ब्यापी दौडाहामा निस्कन्छन् । हेर्दै जानुहोस यस पटक पनि प्रचण्ड चुनाव जितेर फेरी ओलीको सबै नशा उतारिदिन्छ् । लेखेर राख्नुस यसपटक प्रचण्ड देउवाको सहयोगमा प्रधानमन्त्री पनि बन्ने छन् ।
