हिजोको पुस्ता जति बडादशैंको महत्व थियो आजको पुस्तालाई त्यति चासो र महत्व छैन । यो सबै चाड मध्यको नेपालीहरुको महान चाड हो । दशै नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो बिदा हुने देश र विदेशका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पूणर्िमासम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।
हिन्दुहरुको महान् चाड दशैंको नवरात्रमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा(आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ । यसैले भक्तजनहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रमा नवदुर्गा अर्थात माता भगवतीको नौ रूपको पूजाआरधना गर्बे गर्छन । टीकाको दिन अर्थात विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
सांस्कृतिक महत्व
दशैँ भन्ने हाम्रो मन भित्रमा के कुरा उत्पन्न हुन्छ भने सबैभन्दा ठुलो दिन भन्ने हुन्छ । त्यसैले त यसलाई वडा दशैँ भनिन्छ । वडा दशैँ भनेको नेपालीहरुको एक विशेष चाड हो । यो हरेक वर्षको एकचोटी मनाउने गरिन्छ । यो चाडलाई राष्ट्रिय चाड पनि भनिन्छ । दशैँको समयमा हामी नयाँ लुगाहरु किन्ने र घरका अन्य समानहरु पनि किन्ने गरिन्छ । आफन्तजनहरुसँग भेटघाट गर्ने र संगै बसेर खाएर रमाइलो गर्ने गरिन्छ । वडादशैँमा आफ्नो देश भन्दा बाहिर रहेका मानिसहरु पनि दशैको लागि विदा लिएर मनाउनको लागि आउने गरछन् । विशेषगरी काठमाडौंमा बसोबास गर्दै आएका मानिसहरु पनि दशैँमा आफ्नो घर जानेको भिडभाड निकै धेरै हुन्छ । प्रत्यक वर्ष राजधानीदेखि बाहिरिने मानिसहरु निकै धेरै हुन्छन् । दशैँमा आफुलाई जे मनलाग्छ त्यहि खाने पिउने गरेर रमाइलो गरिन्छ भने कतिपय मानिसहरु घुम्नको लागि जाने गरिन्छ ।
यो चाडमा आ-आफ्नो इच्छानुसार खसी, कुखुरा, बंगुर र रागोको मासु खाने गरिन्छ । दशै हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाताको पुजा(आराधना गरी दशमीको दिन दशमीको टिका-प्रसाद ग्रहण गर्ने गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । दुर्गा मातालाई मन पर्ने वनस्पति जमरा पनी भएकोले जमरा उमार्ने गरिएको हो ।
हाम्रो धर्म संस्कृति अनुसार घट कलशमा नै सम्पूणर् देवी-देवता, सप्तद्वीप, सप्तसागर, सम्पूणर् तीर्थहरु निहित छन । जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । यिनै आधारहरूका कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूणर् देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
सामाजिक महत्व
दशैँ विशेष गरेर हिन्दु नेपालीहरुको राष्ट्रिय चाड हो । यो चाडमा आफन्तजनहरु सबै भेला भएर मनाउने गरिन्छ । दशै आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूणर्िमा सम्म १५ दिनलाई बिजया दशमी अथवा दशै भनिन्छ । यो चाडमा आफ्ना नाता कुटुम्ब, ठुलाबडा, मान्यजनहरुबाट टिका तथा जमरा लगाई आशिवाद ग्रहण गरिन्छ । मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाऊ टोल सफा सुग्घर राख्ने जस्ता कार्य यहि दशैमा गरिन्छ । बर्षाभरीको हिलाम्मे सरीर यसबेला सुकिलो हुँदै घरभरी अनाज हुँदा उसको खुसीको सीमा नै हुँदैन । यसै खुसीको अवसरमा नै भगवानको कृपा मानी देवी देवताको पूजा गरी दशैलाई अरु विशेष रुपमा मनाइन्छ । बिभिन्न किसिमका रमाइलो गर्ने पिङ्ग खेल्ने साथीसंगी आफन्तहरुसँग भेटघाट गर्ने हुँदा एक आफन्तमा भाइचाराको सम्बन्ध बढ्दै जाने गर्दछ ।
