IMG-LOGO

राजा चाल्र्स तृतीयः राष्ट्र र राष्ट्रमण्डलका नाममा सम्बोधन

 मंगल, भदौ २८, २०७९  ---

 

राजा चाल्र्स तृतीयले राष्ट्र र राष्ट्रमण्डलका नाममा यस्तो सन्देश दिएका छन् ः

      “म आज तपाईँहरूसँग गहिरो दुःखका साथ बोलिरहेको छु । आफ्नो जीवनभर महामहिम महारानी– मेरी प्यारी आमा – म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण हुनुहुन्थ्यो। हामी उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी ऋणी छौँ । “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।

“जीवनभर सेवा गर्ने उहाँको प्रतिबद्धता म आज तपाईँहरूका अगाडि दोहो¥याउन चाहन्छु ।

      “मेरो सम्पूर्ण परिवारमा गहिरो शोक परेको छ । सँगसँगै हामी संयुक्त अधिराज्यका यति धेरै तपाईँहरूसँग उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरसँग मेरी आमाले ७० वर्ष भन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा कृतज्ञता बाँड्न चाहन्छौँ । “सन् १९४७ मा उहाँको २१ औँ जन्मोत्सवका दिन केप टाउन दक्षिण अफ्रिकाबाट राष्ट्रमण्डलका प्रति प्रवाह गरेको सन्देशमा उहाँले आफ्नो जीवन छोटो वा लामो जे भए पनि उहाँका मानिसको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “त्यो एक वाचा भन्दा पनि बढी थियो । त्यो एउटा गहन व्यक्तिगत प्रतिबद्धता थियो जसले उहाँको सम्पूर्ण जीवन परिभाषित गर्न पुग्यो । “उहाँले कर्तव्यका लागि बलिदान दिनुभयो । एक शासकका रूपमा उहाँको समर्पण र प्रतिबद्धता कहिल्यै कम भएन । चाहे त्यो परिवर्तनको समयमा होस् या खुशी र उत्सवका समयमा अथवा दुःख र हानी भएका समयमा ।

“उहाँको सेवापूर्ण जीवनमा हामीले उहाँको परम्पराप्रति प्रेम र प्रगतिप्रति निडर स्वीकारोक्ति देख्यौँ जसले हामीलाई राष्ट्रहरूका रूपमा महान् बनाएको छ ।

      उहाँको स्नेह, प्रशंसा र सम्मानप्रति प्रेरणा उहाँको शासनकालको पहिचान बन्न पुग्यो । मेरो परिवारका हरेक सदस्य साँक्षी हुन् – उहाँमा ती गुणहरूलाई न्यानोपन, रमाइलोपन र मानिसहरूमा जहिले पनि सर्वश्रेष्ठता देख्न सक्ने व्यक्तित्व घुलित थियो । “म मेरी आमाको संस्मरणमा श्रद्धाञ्जली अर्पण गर्छु । र उहाँको सेवापूर्ण जीवनको सम्मान गर्छु । मलाई थाहा छ उहाँको मृत्युले तपाईँहरू यति धेरै जनामा दःुख पैदा भएको छ त्यसैले तपाईँहरूसँग उक्त दुख र अपूरणीय क्षतिको भावना साझा गर्न चाहन्छु । जब महारानी गद्दीनसीन हुनुभयो ब्रिटेन र सारा विश्व दोस्रो विश्वयुद्धको र त्यसपछिको दुष्परिणाम भोगिरहेको थियो र पुरानै परम्परामा बाँचिरहेको थियो । गत ७० वर्षको दौरान हामीले हाम्रो समाज विविध संस्कृति र विश्वासमा परिवर्तन भएको देखेका छौँ ।

      “बदलामा राज्यका अङ्गहरू परिवर्तित छन् । तर सबै परिवर्तन र चुनौतीहरूबीच हाम्रो राष्ट्र र हाम्रो क्षेत्रका वृहत् परिवार– जसको प्रतिभा परम्परा र उपलब्धिप्रति म व्यक्त गर्नै नसक्ने गरी गौरवान्वित छु– को प्रगति र उन्नति भएको छ । हाम्रा मूल्य मान्यता उस्तै छन् र रहिरहनुपर्छ । राजतन्त्रको भूमिका र कर्तव्य पनि उस्तै रहन्छ जस्तो कि शासकको इङ्ल्यान्डको चर्चप्रति विशेष सम्बन्ध र जिम्मेदारी छ– उक्त चर्चप्रति मेरो आफ्नै पनि गहिरो विश्वास छ । “मेरो हुर्काइ अरूका प्रति जिम्मेवारी बोधबाट ओतप्रोत छ । स्वतन्त्रता र हाम्रो विशेष इतिहासको जिम्मेवारी तथा हाम्रो संसदीय सरकारको प्रणाली हाम्रो मूल्यवान परम्पराप्रति उच्च सम्मान व्यक्त गर्दछु । “जस्तो कि महारानी स्वयंले त्यस्तो अटल समर्पणका साथ भूमिका खेल्नुभयो म पनि ईश्वरले प्रदान गर्ने आफ्नो बाँकी समय हाम्रो राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण संवैधानिक सिद्धान्त कायम राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

      “र तपाईँ यूकेमा रहनुभएको हुन सक्छ वा विश्वका अन्य क्षेत्रमा तपाईँको आफ्नो पृष्ठभूमि र विश्वास जे हुन सक्छ, म जीवनभर तपाईँको सेवामा प्रेम र सम्मानसाथ बफादार रहनेछु । “मेरो जीवन नयाँ जिम्मेवारी निर्वाह गर्दा अवश्य पनि परिवर्तित हुनेछ । मैले असाध्यै मन पराउने मुद्दा र परोपकारी कामका लागि मैले मेरो धेरै समय र ऊर्जा दिन सम्भव हुनेछैन । तर मलाई थाहा छ यो महत््वपूर्ण कामको जिम्मेबारी अरूका विश्वसनीय हातमा जानेछ । “यो मेरो परिवारको लागि पनि परिवर्तनको समय हो । म मेरी प्यारी पत्नी क्यमिलाको प्रेमिल सहयोगमा भरोसा गर्छु । सत्र वर्ष पहिले हाम्रो विवाहका बेलादेखि उनी आफ्नै वफादार सार्वजनिक सेवाको मान्यतामा मेरी क्वीन कन्सोर्ट बनिन् । मलाई थाहा छ– म उनको नयाँ भूमिकाको कर्तव्यप्रतिको अटल समर्पणमा अति भर परेको छु ।

      “मेरो उत्तराधिकारीको रूपमा विलियमले अब स्कटिश उपाधिहरू ग्रहण गर्नेछन् त्यो मेरो लागि धेरै अर्थपूर्ण छ। ड्यूक अफ कोर्न्वलका रूपमा उनी मेरो उत्तराधिकारी हुनेछन् र डची अफ कोर्न्वलको जिम्मेवारी लिनेछन् जुन जिम्मेवारी मैले पाँच दशक भन्दा बढी समय निभाएको छु । “आज म उनलाई प्रिन्स अफ वेल्स, टुवासो कुम्री, बनाउन पाउँदा गौरवान्वित भएको छ ु। त्यो उपाधि मैले मेरो जीवन र कर्तव्यको अधिकांश अवधिमा वहन गर्ने सौभाग्य पाएको छु । “क्याथरिनको साथमा हाम्रा प्रिन्स र प्रिन्सेस अफ वेल्सले हाम्रो राष्ट्रिय संवादलाई प्रेरणा दिने र नेतृत्व गर्ने क्रम जारी राख्नेछन् । उनीहरूले सीमान्तकृतहरूलाई मूलधारमा ल्याउन आवश्यक मद्दत गर्न सकिने अवस्थामा सहयोग गर्नेछन् ।

“म विदेशमा बसेर आफ्नो जीवन अघि बढाइरहेका ह्यारी र मेगनप्रति स्नेह व्यक्त गर्न चाहन्छु ।

      “एक साताभन्दा कम समयमा हामी एक राष्ट्रका रूपमा, एक राष्ट्रमण्डलका रूपमा र वास्तवमा एक विश्वव्यापी समुदायका रूपमा रूपमा, मेरी प्यारी आमाको अन्तिम संस्कारमा एकसाथ हुनेछौँ । हाम्रो दुःखको घडीमा हामी उहाँको सम्झना र उदाहरणबाट र शक्ति प्राप्त गरौँ । मेरो सम्पूर्ण परिवारको तर्फबाट म तपाईँहरूको समवेदना र समर्थनका लागि इमान्दारपूर्वक हृदयदेखि नै धन्यवाद मात्र दिन सक्छु । ती कुराले मेरा लागि सम्भवतः व्यक्त गर्न सक्नेभन्दा बढी अर्थ राख्छन् ।

      “र, मेरी प्यारी आमालाई तपाईँले मेरो प्यारो स्वर्गीय पितासँग सामेल हुनका लागि आफ्नो अन्तिम महान् यात्रा सुरु गर्दा म यति मात्र भन्न चाहन्छुः धन्यवाद । यति लगनशील भएर यी सबै वर्षहरूमा हाम्रो परिवार र तपाईँले सेवा गर्नु भएका राष्ट्रहरूको परिवारप्रति तपाईँको माया र समर्पणका लागि धन्यवाद ।

“देवदूतहरूले उहाँको शान्तिको कामना गरून् ।”

बी.बी.सी न्यूजबाट

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्