वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको महत्त्वपूणर् आर्थिक श्रोत हो । नेपालको श्रम बजारले वर्षेनी थप्ने श्रमको आपूर्तिलाई धान्न सक्ने रोजगार दिन सकेको छैन । विश्वको खुल्ला बजार सूचना प्रविधिको विकासका कारण मानिसहरुमा असंख्य चाहनाले मानिसका आवश्यकताका देश भित्रका वस्तु तथा सेवाहरु मात्र सिमित छैन । देशमा वर्ष भरी पुग्ने अन्न उत्पादन नभएता पनि पैसा भयो भने नेपाली बजारमा विश्व भरका वस्तुहरुको बजार छ ।
मान्छे भित्रका मनोकांक्षा, आवश्यकता आजको आधुनिक विश्वको जननी हो भने अर्को यो मानिसका दुःखका कारण पनि हो । मान्छेका मनोकांक्षा, आवश्यकताका कहिले पुरा नहुनु स्वभाव धर्म हो । हिंसा हत्या लुटपाट, भ्रष्टाचार यसका सन्तान नै हुन् । हिजो घरमूलीले छानेर ल्याएको लुगा कपडा, खानेकुरामा घरका अन्य सदस्यहरुले मन बुझाउनु बाहेक अन्य विकल्प हुँदैनथ्यो । आजको बजार हातको मोबाइलमा आइपुगेको छ । अनलाईन व्यवसायले बजारको लागि कहीँ जानु पर्दैन । सहज रुपमा चाहेको वस्तु किन्न सकिन्छ ।
खेतीपाति पशुपालन वा परम्परागत व्यवसायमा मात्र घर परिवारको आर्थिक श्रोत हुँदा आम्दानीका श्रोतमा महिलाको कम पहुँच हुन्थ्यो । त्यस घरमूलीको आर्थिक व्यवहार, आर्थिक साक्षरताले परिवारको भाग्य निर्धारण हुन्थ्यो । श्रमको कुनै लेखा जोखा हुँदैन । परिवारका सबै सदस्यले दुःख गरेको पैसा भट्टीमा उडाओस् कोठीमा लुटाओस्, ऋणले डुबाओस् जुवामा हारोस् औषत पुरुष घर मूलीलाई परिवारका सदस्यहरुले केही गर्न सक्दैनथे । ऋण तिर्न नसकेर वसाई नै हिड्नु पर्ने अवस्था आए पनि त्यो पुरुष घरमूलीले आर्थिक दुःख वाहेक अर्को अनेक प्रश्नको सामना गर्नु पर्दैन । वर्गीय रुपमा अत्यन्त निम्न वर्गमा रुपान्तरण हुन्थे । समाजले बढी गरे टिप्पणी हुन्थ्यो ‘व्यवहार विगारे ! दुःख पायो’ । बसाई सरे, बस सक्यो । त्यहाँ कस्को श्रम कति खेर गयो त्यहाँ कुनै समाजशास्त्र र लेखाशास्त्रले हिसाव राखेको देखिँदैन ।
आजको परिवेश जहाँ औषत युवा पुरुष अरव, मलेसिया, कतार वा विश्वको कुनै पनि श्रम बजारबाट दुःख गरेर कमाएर आएको पैसा कसरी खर्च भएको छ ? यसका आर्थिक सामाजिक असरहरु सतहमा देखा परेको छ । विदेशबाट आएको पैसालाई जोडेर अनेक किसिमका घटेका घटनाहरु समाचारमा आइरहेका छन् । श्रीमान श्रीमती बिच आर्थिक कारोवारहरु र विश्वासको अनेकौं आयामहरु नितान्त व्यक्तिगत जस्तो लागेता पनि त्यस सम्बन्ध विचको अविश्वासको वातावरण पारिवारीक समस्या हुँदै सामाजिक समस्याको विषय बन्न पुगेको छ । यसले आपसी बैमनस्यता अविश्वास पारिवारिक विखण्डन मात्र होइन परिवार नै सखाप हुनेगरी हत्या काण्डहरु पनि भइरहेका छन् । देश भित्र भित्रिने विप्रेषणको उपयोगको सम्बन्धमा देश भित्र बसेका महिलाहरु माथि अनेक प्रश्नहरु उठिरहेका छन् । यस्ता समाचारहरु सामाचार मात्र होइन । यसले हाम्रो समाजको पारिवारिक सामाजिक र आर्थिक मूल्य मान्यतालाई जरा नै हल्लाई दिएको छ ।
यो लैङ्गिक हिंसा मात्र हो कि ? आर्थिक दुरुपयोगको सवालमा व्यक्तिको वेइमान प्रवृति हो ? या सञ्चारको दुनियाँमा पिडित महिलाको शुन्य उपस्थिति ? यसको विषयमा अनुसन्धान हुन बाँकी छ । तर जुन तरिकाले समाजमा विदेशबाट कमाएर पठाएको पैसा बोकेर अन्तै विवाह गरेर गएको विदेशीएकाहरु काम गर्न नसके पछि विचल्लीमा परेका जस्ता समाचारहरु दिनहुँआई रहेका छन् । यस समस्याले अनेकौं पक्षहरु उजागर भईरहेका छन् । अब पारिवारिक सम्बन्धमा हुने आर्थिक कारोावरहरुलाई परिवारका सदस्यहरुले सार्वजनिक आम्दानी र खर्च जस्तै व्यवस्थित रुपमा राख्न जरुरी भएको देखिसक्यो । यसमा महिलाको आफ्नो चेतनास्तर व्यक्तिगत मनोविज्ञानले पनि भूमिका खेलेको हुन्छ । यति हँुदा हँदै पनि विदेशबाट कहिले कति पैसा आयो ? ती पैसा कहाँ कसरी खर्च भयो ? आम्दानी र खर्चका अभिलेख महिलाहरुले आफ्नो लागि पनि सुरक्षित राख्नु पर्ने देखिन्छ । यस प्रति महिलाहरु सचेत बन्न जरुरी छ । आर्थिक सवालमा मान्छेको मनमा अनेक शंकाहरु हुन सक्छ । यो शंका निवारण गर्न विप्रेषणका कारोवारलाई अभिलेख राख्ने वानी वसाल्नु पर्ने देखिन्छ । पारिवारिक कारोबार किन अभिलेख राख्नु पर्छ र ? विश्वास र माया हँुन्जेल किन चाहियो ? जस्तो हुन सक्छ । समय एकनासले चल्दैन । हजारौं वर्ष देखिको पुरुषसत्ता अहिले पनि महिलाका लागि कहाँ सजिलो छ र ? मान्छेका मन मिलि सेकेण्डमा परिर्वतन हुन सक्छ । अनेक शंका उपशकां ंउत्पन्न हुन सक्छ । जस्तासुकै प्रतिकुल परिस्थितिमा पनि आर्थिक पक्षलाई व्यवस्थित र कारोबारलाई अभिलेखन गरेको छ भने नियोजित शंका बाहेक धेरै प्रतिशत शंका निवारण हुन्छ । स-साना घरेलु खर्चहरुलाई लेखा अभिलेखन गर्ने काम धेरैलाई यो काम अनावश्यक , झन्झत र क्षमता बाहिरको विषय होला । तर महिलाहरु यस मामिलामा साक्षर र गम्भीर हुन जरुरी भईसकेको छ । बालबच्चाहरुलाई सुन्दर भविष्य दिन, सशक्तिकरण हुन महिलाले आर्थिक कारोबारमा सक्रिय हुनु त पर्छ तर एकदम होसियारका साथ । आफूलाई बचाउन । घटनाको प्रवृतिहरु जुन तरिकाले आईरहेको छ , त्यो निकै भयावह छ ।
अरुलाई आउने समस्या मलाई आउँदैन होइन । जसलाई पनि आउन सक्छ । परिवारको महिलाले आफूले गरेका हरेक कारोवारलाई अभिलेखन राख्ने त्यो अभिलेखनलाई प्रमाणित गर्ने सीपको विकास गर्न अनिवार्य भई सक्यो । यसले अनावश्यक खर्च नियन्त्रण हुनुको साथ साथै महिला माथि हुने अनेक किसिमका लाञ्छना, दुव्र्यवहार, शारिरीक र मानसिक हिंसाबाट बच्न सक्छौँ । आज यति मात्र होइन हिंसा र लाञ्छना भोगिरहेका महिलाले देशको अर्थतन्त्रका गलत पक्ष माथि प्रश्न उठाउने हैसियतमा पुग्न सक्छ । आधारभुत तहको अर्थतन्त्रआई मजबुत बनाउँछ ।
यसका लागि स्थानीय पालिकाहरुले र सहकारीहरुले व्यवस्थित र योजनावद्ध रुपमा विप्रेषणका खर्चलाई अभिलेखन गर्न, बचत गर्न, अनि बचतलाई उत्पादन मुलक कार्यमा कसरी लगानी गर्ने, आफ्नो वरपर कस्तो आर्थिक अवसरहरु छन् ? त्यसलाई पहिचान गर्दै महिला उद्यमी बनाउने कार्यमा आवश्यक सहयोग दिन सकिन्छ । आजको परिवेशमा आर्थिक श्रोतका स्वरुपहरुले परिवर्तन हुँदा महिलाले हिजो जस्तै मात्र घरेलु सिप सामाजिक परम्परालाई कुशलता पूर्वक धानेर मात्र पुग्दैन । जे जस्तो भए पनि आर्थिक साक्षरताका ज्ञान र सीप अनिवार्य भई सक्यो । यो विप्रेषणको सवालमा मात्र होइन अन्य काममा पनि आर्थिक पक्षहरु जति व्यवस्थित हुन्छ । त्यति नै व्यापारिक, पारिवारिक सम्बन्धहरु विश्वास र सौहार्दता कायम गर्न हुन्छ नै । यस्ता विषय तितो लागे पनि वैदेशिक रोजगारले घर परिवार र देश अर्थतन्त्र धानिरहेको वर्तमान परिवेशमा देश भित्र बसेर अनेकौं संघर्ष गरेर बसेका महिलाको सम्मानित सामाजिक पारिवारिक जीवन र महिलाको ज्यानको प्रत्याभूति सुरक्षा दिन प्राविधिक नैतिक सामाजिक सहयोग दिनु सबैको दायित्व हो । महिलाको जीवन , मूल्य , अस्तित्व नकारात्मक समाचारका विषय मात्र होइन । यस प्रति सबै संवेदनशील हुन आवश्यक छ ।
