IMG-LOGO

चैतन्यमा अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन गोष्ठी

 मंगल, असार १४, २०७९  ---

 

      चैतन्य क्याम्पस बनेपा तथा विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा ३ दिने अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन गोष्ठी,  शनिवार समपन्न गरेको छ । काभ्रेपलाञ्चाक जिल्लाका सबै क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीले उद्घाटन गर्नुभयो । यस कार्यशालाको लागि प्रा. डा. भिमलाल गौतम, प्रा. अशोक सापकोटा, चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख जुजुभाइ मानन्धर, उप–प्राध्यापक अग्नी प्रसाद ज्ञवाली र उप–प्राध्यापक टिकाराम घिमिरेले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यशालाको समापन समारोहमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुँदै प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले बनेपाको प्रमूख समस्याको रुपमा रहेको फोहोर मैलाको विषयमा पनि प्राध्यापकहरुलाईअनुशन्धान गर्न अनुरोधा गर्नुभयो ।

      कार्यक्रममा चैतन्य क्याम्पस सञ्चालक समितिका सदस्य राजभाइ मानन्धर,रुकुमणी सिग्देले कार्यशालाको उद्धेश्य तथा अपेक्षाका बारेमा प्रकास पारेका थिए । यस कार्यक्रमको संचालन उप–प्राध्यापक राजेश राज महतले गर्नुभएको थियो  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्