IMG-LOGO

सहकारी तथा लेखा व्यवस्थापन तालिम

 मंगल, असार १४, २०७९  ---

 

जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजनामा ३ दिने सहकारी व्यवस्थापन तथा लेखा व्यवस्थापन तालिम शनिबार देखि बनेपामा सुरु भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्ड मकवानपुर हेटौडा र जिल्ला सहकारी संघ लि. काभ्रेको लागत सहभागितामा सञ्चालित उक्त कार्यक्रम ३ दिनसम्म हुनेछ ।

      जिल्लामा रहेको सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहभागिताको लागि सूचना जारी गरि ४२ जना विभिन्न सहकारी संघ÷संस्थाका कर्मचारी तचथा लेखा सुपरिवेक्षण समितिका ब्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहकारीको परिचय, सिद्धान्त, मूल्य मान्यता, ईतिहास, सहकारीको व्यवस्थापन, सञ्चालक समितिका सञ्चालक समिति, लेखा सुरिवेक्षण समिति, पदाधिकारीहरुको भूमिका तथा जिम्मेवारी सहित लेखाको परिचय, सिद्धान्त सहकारी संस्थामा यसको महत्व लगायत व्यवहारिक अभ्यासका क्रियाकलाप सहित कार्यक्रम तय गरिएको हो ।

      कायृक्रमलाई जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले उद्घाटन गर्नुभयो भने कार्यक्रममा संघका अध्यक्ष शर्माले जिल्ला भित्र रहेका सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन र विकासका लागि व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका व्यवस्थानका कर्मचारीहरुलाई क्षमतावान बनाउन यस्तो खालको तालिमले सहयोग पुग्ने विस्वास ब्यक्त गर्नु भएको थियो । अभियानको अभिभावकीय संघ रहेका कारण यो र यस्तै कार्यक्रमले संस्थामा सुसासन, पारदर्शीता र जवाफेहिता कायम हुन मद्धत मिल्ने बिचार राख्नु भएको थियो । आभाष साकोसका व्यवस्थापनका प्रमुख सुवास बैद्यले सहजिकरण गर्नु हुनेछ भने कार्यक्रमको व्यवस्थापन संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले गर्नु हुनेछ ।

      कार्यक्रम जिल्ला सहकारी संघ लि. का सञ्चालक सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीले गर्नुभएको थियो । संघले आगामी १७ गते कोपोमिस सम्वन्धि सहकारी संस्थाहरुका बीच व्यवहारिक रुपमा आबद्ध कसरी हुन सकिन्छ भन्ने बारेमा सहकारी बिभागको सहजिकरणमा जिल्लामा १०० जना सहकारीकर्मीहरुलाई भेला गर्ने कार्यक्रम तय भएको छ ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्