बाँडेर खानेको पेट कहिल्यै खली हुँदैन, अनि खोसरे खानेको पेट कहिल्यै भरिदैन्, हुनबाट सहयोग नहुनेलाई उपयोग भन्ने यथार्थलाई आत्मसात गरी मानव मात्रको कल्याणको लागि सञ्चालित मानव कल्याण समाज सेवा घरलाई जेस्ठनगरिकहरुको प्रयोगका लागि धुलिखेल नगरपालिकाले समाजकी अध्यक्ष सुमित्रा चैलागाईलाई भवन बुधवार हस्तान्तरण गरेको छ । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक व्याञ्जुले बुधवार आयोजीत समारोहमा भवन हस्तान्तरण गर्नुभएको हो । सामारोहमा बोल्दै नगर प्रमुख व्याञ्जुले मानव कल्याणको लागि सेवा गर्न लाग्नु भएकी समाजकी अध्यक्ष सुमित्रा चौलागाइलाई धनवाद दिँदै सेवा घरलाई आवश्यक पर्ने सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाउनु भयो । दुःख कष्टमा रहेका सडक बालबालीका, जेस्ठनागरिक होस या अन्याय अत्याचारमा पिल्सिएकाहरुलाई न्याय दिलाई उनीहरुको ओठमा हाँसो र खुसी ल्याउन सक्ने अवस्थाको श्रृजना गर्नु नै जीवनको सर्वोत्तम कार्य भएको कुरा बताउनु भयो ।
सह अस्तित्व, साझेदारी र सहकार्य गरी समाज सेवा गर्दै सामाजिक चेतना जगाउनु, आर्थिक र सामाजिक रुपान्तरण गर्न सबै एकतावद्ध हुनुपर्ने धारणा नगर प्रमुख अशोक व्याञ्जुले राख्नुभयो । सूर्यविनायक नगरपालिकाकी पूर्व नगर उपप्रमुख जुना बस्नेत, धुलिखेल नगरपालिकाकी पूर्व उपप्रमुख विमला शर्मा, डा. प्रभाकर तिमल्सिना, पतञ्जली योग समिति नेपाल भक्तपुरका बालमुकुन्द सुवाल, ममता बराल र धुलिखेल नगरकार्यपालिका सदस्य कमला भट्टराईले मन्तव्य राख्नु भएको थियो । मानव कल्याण समाजका श्रृजना मानवले कारुणीक कविता बाचन गरी सुनाउनु भएको थियो । धुलिखेल नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष हर्क तामाङले १ लाखको चेक मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नु भएको थियो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछें ,बनेपाका युवा व्यवसायी कृष्णलाल श्रेष्ठ लगाएतले सेवा घरमा बस्ने बालिकाको शिक्षण सिकाइमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सेवा घरमा हाल रहेका ५० जना जेस्ठ नागरिकहरुको हेरचाहमा लागी राजगोपाल श्रेष्ठ, समाजका सचिव विजयकुमार पोख्रेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । मानव कल्याण समाज सेवा घर काभ्रेकी अध्यक्षा सुमित्रा चौलागाइले मानव मात्रको सेवा गर्न पाउनु, उनीहरुको जीवन यापनमा रमाउन पाउनु अहोभाग्य रहेको बताउँदै ७ सय ५० जनाको खानपान र उचित व्यवस्थापन गरी ७ जनालाई उद्धार गरी घरसम्म पु¥याउन सकेको उल्लेख गर्नुभयो । बागमी प्रदेश शहरी विकास मन्त्रालय र संघीय सरकारको सहयोगमा धुलिखेल नगरपालिका वडा नं. १२ मा निर्मित जेस्ठ नागरिक भवन मानवकल्याण समाजलाई ५ वर्षको लागि धुलिखेल नगरपालिकाले हस्तान्तरण गरेको हो ।
