IMG-LOGO

चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

 मंगल, असार १४, २०७९  ---

      राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त चार मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छन् ।

      राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेकी थिइन् । मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिए । समारोहमा उप–राष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्