IMG-LOGO

आठौं अन्तराष्ट्रिय योग दिवश सम्पन्न

 मंगल, असार ७, २०७९  ---

      संयुक्त राष्ट्रसंघको ८ वर्ष अघि घोषणा गरिएको विश्व योग दिवश सोमबार बनेपा स्थित दिव्य योग भवनमा भव्यताका साथ आयोजना गरि मनाईएको छ । बनेपा नगरका नगर प्रमुख शान्ति रत्न शाक्य र धुलिखेल नगरका नगर प्रमुख अशोक व्याञ्जु श्रेष्ठले समुद्घाटन गरिएको उक्त कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय र संयोजन पंतजली योग समिति काभ्रेले गरिएको कार्यक्रममा योग गित रचनाकार पूर्व प्रहरी निरिक्षक हरी भक्त बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी नायव निरिक्षक चक्रराज जोशी, पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले दोसल्ला, फुलको माला, रुद्राक्षमाला र सम्मान पत्र बाट सम्मान गरिएको थियो ।

      पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको उक्त योग दिवश समारोहमा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य, धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ, नेपाल पत्रकार महासंघका सभापती बद्री प्रसाद तिमल्सिना, पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले शुभकामना मन्तव्य राख्नु भएको समारोहको सभापतित्व प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण पंतजली योग समितिका उपाध्यक्ष प्रकाश कायष्ठले गर्नु भएको उक्त अवसरमा पतंजली योग हरिद्धार द्धारा निर्देशन बमोजिम प्रोटोकल अनुसारको योग कक्षा बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले संचालन गरिएको कक्षामा काभ्रे जिल्ला भरका करिव ५०० जना योग साधक साधिकाहरु सहभागी भएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्