IMG-LOGO

मानव अधिकार शिक्षा कार्यक्रम

 मंगल, असार ७, २०७९  ---

      राष्टिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा बुधबार बनेपा नगरपालिका ७ स्थित बेलर एकेडेमीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आयोगको बागमती प्रदेश कार्यालयका सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा संम्पन्न भएको उक्त कार्यक्रममा बनेपा नगरपालिका वडानं ७ का वडाध्यक्ष हिटलर शाक्य,गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटा, बेलर एकेडेमिका प्रिन्सिपल इन्दु थापा, मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेका अध्यक्ष राजु सिग्देल लगायतको सहभागिता रहेको थियो ।

      कार्यक्रममा राष्टिय मानव अधिकार आयोगको काम कर्तव्य र अधिकार, मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र १९४८, बाल अधिकार महासन्धी १९८९, मानव अधिकारमुखी विकास पद्धती लगायतका बिषयमा आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा मानव अधिकारकर्मी निर्वाचित प्रतिनिधि, गैससकर्मी कक्षा १० का विद्यार्थी गरी ७० जनाको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्