IMG-LOGO

पनौतीको शैक्षिक विकास बजेट २ करोड ७९ लाख

 मंगल, असोज २७, २०७७  ---

     पनौती नगरपालिकाले नगरको शैक्षिक सुधार र पहुँच विस्तारको लागि २ करोड ७९ लाख १५ हजार बजेट विनियोजन गरेको छ । अंग्रेजी, गणित र विज्ञान बिषय अध्यापन गराउन शिक्षक नभएको विद्यालयमा शिक्षक दरबन्दी व्यास्था गरेको जनाएको छ । शिक्षा क्षेत्रमा छुट्टाएको बजेट शैक्षिक सामग्री वितरण, सिकाइमा प्रभावकारीता ल्याउन समेत बजेट प्रवन्ध गरिने छ । त्यस्तै माध्यामिक तहसम्म ३४ लाख बजेट व्यवस्था गरिएको छ । शैक्षिक स्तरीयता बृद्धि, वस सञ्चालनमा समेत सहयोग पु¥याएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । बाल विकास केन्द्र सहयोगीलाई थप प्रोत्साहित गर्न र शैक्षिक सामग्री ४ लाख व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख पुस्पा कुमारी आर्यालले जनाउनु भयो । नमुना विद्यालय छनौट गरी पुरस्कृत गरिने योजना अघि सारिएको पनौती शिक्षा शाखा श्रोत व्यक्ति महेश्वर जंगमले जनाउनु भयो । शिक्षकहरुलाई समय सापेक्ष उचित तालिमको व्यवस्था गरिने जनाएको छ  । सामुदायिक ३४, संस्थागत विद्यालय १९ छन् । माध्यामिक विद्यालय १२ वटा छन् । सामुदायिक विद्यालयमा ४ सय ८ शिक्षक कार्यरत छन् । २०७७ कार्तिक मसान्त भित्र शिक्षकहरुको दरबन्दी मिलान गर्नु पर्ने परिपत्र शिक्षा विभागबाट आइ सकेको हुँदा पनौती नगरपालिकाबाट ३३ जना शिक्षक बाहिरीनु पर्ने हुन्छ । दरबन्दी मिलानको क्रममा बाहिरिएका शिक्षकहरु वेथानचोक, खानीखोला र महाभारत गाउँ पालिकामा विद्यार्थी अध्यापन गराउन जानु पर्ने हुन्छ । त्यस्तै कोभिड–१९ प्रकोप फैलँदो अवस्था भएकाले विद्यालयहरुमा पठन पाठन गराउन नसकीने भएकोले हिजो पनौती नगर शिक्षा समितिको अध्यक्ष भिम न्यौपानेको अध्यक्षतामा बसयेको बैठकले विद्यालयमा हालको लागि पठन पाठन नगराउने निर्णय गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्