IMG-LOGO

जनप्रतिनिधिलाई बधाई एवं शुभकामना

 मंगल, असार ७, २०७९  ---

      ज्येष्ठ नागरिकहरुको सम्मान,उत्कृष्ट सभ्यताको पहिचान भन्ने आदर्शलाई आत्मासात गरिरहेको यस ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेले २०७८ मंसीर २० गते बुटवलमा सम्पन्न ज्येष्ठ नागरिक महासंघको केन्द्रीय कार्यसमितिको निर्वाचनबाट निर्वाचित हुनु भएका आदरणीय केन्द्रीय अध्यक्ष  छत्रबहादुर प्रधान, केन्द्रीय उपाध्यक्ष्य शारदा देवी चन्द,केन्द्रीय सदस्य सूर्यप्रसाद श्रेष्ठ र  २०७९ बैसाख ३० गते सुसम्पन्न भएको स्थानीय स्तरको निर्वाचनबाट निर्वाचित हुनु भएका बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, नगर उप प्रमुख बिमला सापकोटा दाहाल  तथा वडा नं. १ का वडा अध्यक्ष कमलप्रसाद घिमिरे, वडा नं. २ का वडा अध्यक्ष रामप्रसाद घिमिरे, वडा नं. ३ का वडा अध्यक्ष रमेश दाहाल, वडा नं. ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष  बलराम दाहाल, वडा नं. ७ का वडा अध्यक्ष  हिटलर शाक्य, वडा नं. ८ का वडा अध्यक्ष  शुभलक्ष्मी मानन्धर, वडा नं. ९ का वडा अध्यक्ष  नृपेश बादे, वडा नं. १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं. ११ का वडा अध्यक्ष  शिवबहादुर थापा, वडा नं. १२ का वडा अध्यक्ष  रामबहादुर कूँवर, वडा नं. १३ का वडा अध्यक्ष  रामलाल दुवाल, वडा नं. १४ वडा अध्यक्ष टुल्कु लामालाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिइएको थियो ।

ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको सभापतित्वमा संचालित बधाई तथा कार्यकाल सफलताको शुभ कामना समारोहमा ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका उपाध्यक्ष मणिराज श्रेष्ठले स्वागत मन्तब्य, बौद्ध बुद्धाश्रमका अध्यक्ष तथा भिक्षु महासंघका केन्द्रीय महासचिव कौडन्य महास्थवीरले बृद्धाश्रमको परिचय तथा महत्व बारे जानकारी दिनु भयो । ज्येष्ठ नागरिक महासंघको केन्द्रीय अध्यक्ष  छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकहरुको हक हित,मर्यादित जीवन यापन गर्नको लागि ज्येष्ठ नागरिक महासंघले खेलिरहेको भूमिका बारे उल्लेख गर्नु भयो । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले अत्याधुनिक सुविधा सम्पन्न बृद्धाश्रमको ब्यबस्था गर्नु पर्ने र नेपालमा यस्को महत्व क्रमिक रुपले बढ्रदै जाने बताउनु भयो । नगर उप प्रमुख बिमला सापकोटा दाहालले प्रत्येक वडा वडामा ज्येष्ठ नागरिकहरुको मिलन केन्द्र हुनु पर्ने बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्