IMG-LOGO

होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम

 मंगल, असार ७, २०७९  ---

 

      खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेले विहिबार होटल स्तरीकरण तथा लोगो वितरणका विभिन्न कार्यक्रम नगरकोटमा सम्पन्न गरेको छ । पर्यटकीय गन्तव्यको आधार स्थल नगरकोटमा कार्यालयका प्रमुख नारायण प्रसाद भट्टराईले ३५ वटा होटलका प्रतिनिधिहरुलाई खाद्य स्वच्छताका बारेमा प्रशिक्षण दिनुभयो । “होटलमा खाद्य स्वच्छताको लागि असल आनीबानी र असल उत्पादन अभ्यास” शीर्षकमा कार्यालय प्रमुखले खाद्य स्वच्छता भनेको के हो, खाद्य स्वच्छताको के महत्व छ, खाद्य स्वच्छता कायम गर्न के के गर्नु पर्छ, यो स्वच्छ जीवनको लागि कति महत्वपूर्ण छ, विद्यमान कानुनी प्रावधान के छन् र खाद्य स्वच्छता र गुणस्तर कायम राख्न होटल व्यवसायीहरुको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो । त्यस्तै खाध्य निरीक्षक अतिश घिमिरेले होटल स्तरीकरण भनेको के हो, यसमा के के प्रावधान छन् ्र स्तरीकरण गर्ने मापदण्ड र सुचकहरु के के छन् र ति सुचकका आधारमा प्राप्तांक अनुसार स्तरीकरण हुने जानकारी सहितको प्रस्तुतीकरण दिनुभयो ।

      उक्त अवसरमा होटल स्तरीकरण तथा लोगो वितरणका लागि १० सदस्यीय खाद्य स्वच्छता मूल्यांकन समिति गठन गरिएको छ । समितिले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ अनुसूची १ बमोजिम प्राप्त निवेदनहरुको आधारमा होटलहरुको अनुगमन, निरिक्षण गरी मूल्यांकन गर्दै लोगो (प्रमाणपत्र) वितरण गर्ने बताइएको छ ।  विहिबार नै नगरकोटमा रहेका ३० वटा होटलहरुको अनुगमन गरेको समितिले आर्थिक वर्ष २०७८÷०७९ मा अन्य होटलहरुको समेत अनुगमन निरिक्षण गर्ने खाद्य निरिक्षक अतिस घिमिरेले जानकारी दिनुभयो । खाद्य स्वच्छता सम्बन्धी तयार पारेको फ्लेक्स मण्डन देउपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजकुमार मल्ल र नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदिप अधिकारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेका प्रमुख नारायण प्रसाद भट्टराईले हस्तान्तरण समेत गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्