विश्वरक्तदाता दिवसको अवसरमा शनिबार जिवित फाउण्डेशनले रक्तदान कार्यक्रम बनेपामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ६५ जनाले रक्तदान गरेको फाउण्डेशनका अध्यक्ष जितेन्द्र थापाले जानकारी दिनुभयो । “हाम्रो प्रतिवद्धता, रगतको कमी हुन नदिने युगको सुरुवात” भन्ने नाराका साथ शुभारम्भ भएको जिवित फाउण्डेशनले काभ्रेमा व्लड बैँक स्थापना गर्ने लक्ष्य लिएको छ । रक्तदातालाई सम्मान र उत्प्रेरणा जगाउने अभिप्रायले फाउण्डेशनले धेरै पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान समेत गरिसकेको छ । जेठ महिनामा मात्रै धुलिखेलको हजार सिढीमा ३७ जनाले, पनौतीको श्रीकृष्ण पार्टी प्यालेसमा ६४ जनाले, जेठ ३१ गते बनेपामा १७ जनाले रक्तदान गरेको अध्यक्ष थापाले बताउनुभयो ।
