“अखण्ड विकसित नेपाल, स्वाभिमानी नेपाली ” भन्ने उद्देश्यका साथ नेपाल नागरिक अभियान काभ्रे जिला समितिको प्रथम साधारण सभा केन्द्रीय अध्यक्ष डा. ठाकुर रमण श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार सोपुहिटी इभिन्ट रिसिप्सन चण्डेश्वरी प्राङ्गणमा सम्पन्न भयो । उक्त समारोहमा नेपाल नागरिक अभियानका काभ्रे अध्यक्ष श्रीकृष्ण श्रेष्ठले काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २मा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । राज संस्था सनातन हिन्दु राष्ट्र र प्रजातन्त्र स्थापना गरी नागरिकहरुलाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी घोषणा गरेको जिल्ला अध्यक्ष समेत रहेका श्रीकृष्ण श्रेष्ठले बताउनुभयो । कार्यक्रममा केन्द्रीय महिला विभाग प्रमुख मिरा रञ्जीत केन्द्रीय उपाध्यक्ष हेमरत्न शाक्य, कालिकोटका प्रेमनाथ न्यौपाने, नवप्रवेसीहरु रमेश पुलामी मगर, सागर भारती, विश्व ध्यान केन्द्रका कल्याण स्वामी लगायतले मन्तव्य राख्नु भएको थियो ।
