IMG-LOGO

नेशनल एकेडेमीको फ्रि सेमिनार

 मंगल, असार ७, २०७९  ---

 

      दक्ष मानवीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेश्नल एकेडेमी अफ कुलीनरी एण्ड हस्पीटालीटी मेनेज मेन्ट बनेपाले शनिबार फ्रि सेमीनार अन करीयर अपच्र्यूनीटीज इन होटल म्यानेजमेन्ट कार्यक्रमको आयोजना ग¥यो । शिखाहाडा श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा प्रशिक्षक रोपेश श्रेष्ठले विद्यार्थीहरुको सिप सिकाई त्यसको प्रभावकारीता र उद्यमशिलतामा जीडेर आर्थिक समृद्धि हाँसिल गर्ने कार्यमा अघि बढ्नु पर्ने धारण राख्नु भयो । होटल सेफ सूर्य किरण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरल्ड कल्चर नेटका अध्यक्ष दीपक सरकार, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, बरिष्ठ सञ्चारकर्मी मधुसुधन गुरागाइ लगायतको आतिथ्यता रहेको थियो । एकेडेमीका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा करीव १ सय जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । सञ्चारकर्मी शुभराज अधिकारीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्