जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनबाट नेकपा (एकीकृत समाजवादी) काभ्रेका सचिव समेत रहनु भएका दिपक गौतम गठवन्धनको दलहरुबाट समन्वय प्रमुखमा निर्वाचित गरेको छ । गठवन्धन दलको २२ मत थिाये । गठवन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमाले काभ्रेले कमला भट्टराई काफ्लेको नेतृत्वमा उम्मेदवारी दर्ता गरेको थियो । गठबन्धनको तर्फबाट उप–प्रमुखमा रिम बहादुर तामाङ, सदस्यमा कांग्रेसबाट मंगल बहादुर तामाङ, निरवहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान विजयी भएका छन् । त्यस्तै गरी माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्ण कुमारी राई र रस्मिता भण्डारी विजयी भएका छन् ।
