IMG-LOGO

राप्रपा जिल्ला कार्य समिति काभ्रेको कार्यकर्ता भेला

 मंगल, असार ७, २०७९  ---

      नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा हुँदै नभएको विषय निकालेर कांग्रेसमाथि प्रहार भइरहेको आरोप लगाउनु भएको छ । शनिबार बनेपा नगर कार्यसमिति कांग्रेसले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएको नेकपा एमालेले सत्ता गठबन्धन फुटाउने अनेक प्रयास गरिरहेको उल्लेख गर्नुभयो । कांग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उहाँले कांग्रेसभित्रको आन्तरिक एकता बलियो भए मात्र लोकतन्त्र बलियो हुने जिकिर गर्नुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, कांग्रेस जिल्ला सभापति तिर्थ लामा, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य लगायतले सम्बोधन गर्नु भएको थियो । नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेश कर्माचार्यको सभापतित्वमा सम्पन भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, कांग्रेसका भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्