IMG-LOGO

सहकारी व्यवस्थापन प्रमुखहरुको जिल्ला भेला

 मंगल, असार ७, २०७९  ---

 

      पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटले श्रम सहकारी मार्फत १० करोड सम्मको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने बताउनु भएको छ । जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको आयोजनामा सुरु भएको व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीलाई आइतबार धुलिखेलमा सम्बोधन गर्दै उहाँले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताउनुभयो । श्रमिक वर्ग एकआपसमा मिलेर पूँजी निर्माण गरी आयआर्जनको काम गरे मात्र श्रम सहकारी हुने भन्दै उहाँले वर्तमान तरलता संकटको समस्या तत्काल समाधान नहुने उल्लेख गर्नुभयो । अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको भन्दै उहाँले पूँजीगत पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल नहुने उल्लेख गर्नुभयो । दुई दिने गोष्ठीमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौला, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोका, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेल, सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठ, डा. शिवजी सापकोटा, मदन बस्नेत, सुवोध गौतम, अशोक लामिछाने र नवराज फुयालले प्रस्तुतिकरण दिनुभएको थियो ।

      जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्टिय सहकारी महासंघका सञ्चालक सदस्य डि.बी बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, राष्टिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमति प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  जिल्लाका १३० जना व्यवस्थापन प्रमुख तथा अधिकृतहरुको उपस्थिति रहेको गोष्ठिको सञ्चालन ठाकुरनाथ अधिकारीले गर्नुभयो । संघका उपाध्यक्ष अमन पोटेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दहालले गोष्ठिको अवधारण, जिल्ला सहकारी अभियानको अवस्था सहितको प्रस्तुती दिनु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्