IMG-LOGO

काभ्रे प्रहरीको नागरिक सुनुवाई

 मंगल, जेठ ३१, २०७९  ---

 

      धुलिखेल ÷ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिवार धुलिखेल नगरपालिकाका जनप्रतिनिधी तथा नागरिकसँग कार्यालयबाट प्रवाह गरेको सेवाको सम्बन्धमा नागरिक सुनुवाई तथा अन्तक्रिया गरेको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्याञ्जु, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, वडा नम्बर ९ का अध्यक्ष वद्रिप्रसाद हुमागाई, वडा नम्बर १ का अध्यक्ष सन्तमान तामाङक  लगायतको आतिथ्यता रहेको थियो । धुलिखेल वडा नम्बर १ मा कक्षा ९ र १० पढ्ने बालबालिकाहरु बालविवाहमा संलग्न रहेको भन्दै बालविवाह रोक्ने तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनु भयो । पनौती वडा नम्बर १० का अध्यका मोहन भण्डारीले पनौती बनेपा सडकमा दिउँसो ओभर लोड बोक्न नपाउने भएपनि मालवहाक टिपरहरु नमोबुद्ध सड़क हुँदै ईट्टेबाट शारदाबतासे निस्कँदा सडक भत्किन जानुको साथै स्थानीय कच्ची घरमा असर परेको बताउनुभयो ।

      कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले चालु आर्थिक वर्षको हालसम्म भएका विभिन्न अपराधिक गतिविधिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा आत्महत्याको क्रम बढेको बताउँदै त्यसका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि खतिवडाले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्