IMG-LOGO

पनौतीमा ज्याः पुन्ही जात्रा सुरु

 मंगल, जेठ ३१, २०७९  ---

 

      पनौतीमा ज्याः पुन्ही जात्रा शुरु भएको छ ।  जुन हिजोदेखि शुरु भएको हो । खास अर्थमा ज्याः पुन्ही अर्थात काम काजको मिचोमा पर्ने पुर्णिमाक्को बेला पर्ने यो जात्रालाई पहिला पहिला घुमे जात्रा भन्ने चलन पनि थियो । यस जात्रामा टाढा टाढा गाँउबेसीबाट घुम छाता (पातको छाता) बेच्न पनौती बजार लंगायत अन्य ठाँउमा ल्याउने गरिन्थ्यो । त्यति बेला यो घुम छाता ओढेर वर्षा घाममा धान रोप्ने चलन थियो ।

      ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल जात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याः पुन्ही पनि भनिन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ भन्ने जनविश्वास छ ।

      किंवदन्ती अनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लदो बाढीमा पुलजस्तै तर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिदै आइएको स्थानीय बताउछन् । ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्व मध्येको ठूलो जात्राका रुपमा लिइन्छ । जात्रा अन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा पूजा अर्चना गरिन्छ । साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेश मूर्तिलाई खटमा राखी धुमधामका मनाइने गरिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्