छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सब ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी आब्हान गरेको छ । यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नु पर्ने आयोजक संस्था छायाँछबिले जनाएकोे छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटाचलचित्र एवं छोटा बृत्त चित्रले भागलिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधी २ मिनटदेखी ५९ मिनट भित्रको हुनुपर्नेछ ।
गुणस्तरयुक्त फिल्म निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गरिहेको फेस्टा एवं छायाँछबिका अध्यक्ष शान्ति प्रियले बताए । नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सबमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनु पर्छ भन्ने पनि फेस्टाको उद्देश्य रहेको छ । .फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदी बिभीन्न बिधामा अवार्ड प्रदान गरिनेछ । यी मध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशःट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
