IMG-LOGO

ज्ञानकुञ्जको रोडरेस प्रतियोगिता सम्पन्न

 मंगल, जेठ ३१, २०७९  ---

 

      ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले आयोजना गरेको दोस्रो ज्ञानकुञ्ज रोडरेसको उपाधी छात्र तर्फ वागेश्वरी मावि भक्तपुरका चेतन शाही र छात्रा तर्फ जेसीस मावि भक्तपुरका रिस्तिना सितीखुले जितेका छन् । विजेता हुनेले नगद २० हजार पुरस्कार प्राप्त गरे । आजाद मावि पाँचखालका प्रभाकर श्रेष्ठ दोश्रो र सेतीदेवि मावि धुलिखेलका रुपेश बजगाई तेश्रो भए । उनीहरुले क्रमस १० र ५ हजार नगद पुरस्कार पाए । पुरुष रोडरेसको पनौतीमा पनौतीका नगरप्रमुख रामशरण भण्डारीले उद्घाटन गरेका थिए भने छात्राहरुको रोडरेसको बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गरेका थिए ।

      छात्रा तर्फ रिस्तिना सितीखु प्रथम, विद्यासागर मावि बनेपाका ओसिनी क्षेत्री दोश्रो र ज्ञानोदय माविका सुस्मिता तामाङले तेश्रो स्थान प्राप्त गरेका थिए । उनीहरुलाई जनही क्रमसः २० हजार, १० हजार र ५ हजार रुपियाँ नगद सहित पुरस्कार गरियो । छात्राहरुको रोडरेस ३ किलोमिटरको थियो भने छात्रको ६ दशमलब ५ किलोमिटरको भएको थियो । विजयीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्य, सञ्चालक आत्माराम थापा, प्रबन्ध निर्देशक प्रताप बैद्य लगायतले पुरस्कार वितरण गरेका थिए । नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीबीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुन्ज रोडरेस–२०७९ आयोजना गरेको बताइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्