स्थानीय पालिकाको निर्वाचन भएको एक महिना बित्यो । काभ्रे जिल्लाका जनप्रतिनिधिहरुलाई निरन्तर रुपमा कहिले कता कहिले कता गरेर बधाई शुभकामना र प्रमाण पत्र लिन भ्याइ नभ्याइ भएको छ । आइतबार काभ्रे उद्योग बाणिज्य संघको आयोजना र त्यहाँ आवद्ध रहेका व्यवसायिक फर्महरुले काभ्रे जिल्लाका निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्य ग¥यो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंले स्थानीय पालिकाहरुले नीति कार्यक्रम बजेट बनाउँदा व्यवसायी मैत्री कानुन बनाउन आग्रह गर्नुभयो । घरेलु तथा साना उद्योगहरु फस्टाउन सक्ने उचित वातावरण बनाई बजार प्रवद्धनमा मद्दत पु¥याउन सक्ने अवस्थाको श्रृजना गर्नु पर्ने कुरा अध्यक्ष पसछेंले राख्नुभयो । नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशको अध्यक्ष दिलसुन्दर श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले मन्तव्य राख्नुभयो ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख एवं नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले निर्वाचित भएका जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहको हिसावले कार्य गर्न नहुने धारणा राख्नुभयो । जनप्रतिनिधिले काम मिठो, राम्रो गर्ने तर कुरा तीतो गरे पनि खासै फरक नपर्ने धारणा नगरप्रमुख व्याञ्जुले राख्नुभयो । २२ वटा अधिकारको प्रयोग गरी स्थानीय पालिकाले कानुन बनाउन सक्ने, १५ वटा साझा अधिकारको प्रयोग गरी पालिकाको समग्र विकास, जनताहरुले पु¥याउने सेवा सुविधा जनताका जनजीविकाका सवालहरुलाई सम्सोधन गरी आ–आफ्नो पालिकाको सम्भावनाको क्षेत्रको पहिचान गरेर उत्पादन क्षेत्रमा आत्मनिर्भर हुनु पर्ने र पब्लिक पाट्नर सिपको अवधारणामा व्यवसायी र सरकारको साझेदारीमा नयाँ योजना निर्माण गरेर अघि बढ्नु पर्ने धारणा नगर प्रमुख व्याञ्जुले राख्नु भयो । प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायी मैत्री कानुन निर्माणको साथै मुलुकको समृद्धि र विकासलाई जोड्न व्यवसायीहरु र स्थानीय सरकारको अहम भूमिका हुने धारणा राख्नुभयो । बरिष्ठ उपाध्यक्ष प्रताव बैद्यले स्वागत मन्तव्य र काभ्रे उद्योग वाणिज्य महासंघका महासचिव रविन्द्र बैदारले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
