IMG-LOGO

जिल्ला समन्वयमा गठबन्धनबाट प्रमुखमा दिपक र एमालेबाट कमलाको उम्मेदवारी

 मंगल, जेठ ३१, २०७९  ---

 

      काभ्रे जिल्ला समन्वय समितिमा गठबन्धनको जीत निश्चित भएको छ किनभने गठबन्धनको बहुमत रहेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षले मात्र मतदान गर्न पाउने प्रावधान रहेको छ । काभ्रेमा गठबन्धन एमाले भन्दा ५ गुणा भन्दा बढी छन् । जिल्लामा १३ स्थानीय तह रहेकोमा एक नगरप्रमुख र ३ उपप्रमुख गरी ४ बाहेक सवै मत गठबन्धनसँग छ । जिल्लामा पालिका प्रमुख उप–प्रमुखका आधारमा पहिलो नेपाली कांग्रेस, दोस्रो नेकपा माओवादी केन्द्र, तेस्रो नेकपा एमाले र चौथोमा नेकपा एकिकृत समाजवादी पार्टी रहेको छ । नेपाली कांग्रेसको नगर प्रमुखमा ४ जना, उप–प्रमुखमा २ जना, गाउँपालिका अध्यक्षमा ३ जना र गाउँपालिका उपाध्यक्षमा ४ जना गरी १३ जना निर्वाचित छन् । त्यस्तै नेकपा माओवादी केन्द्रको नगर उपप्रमुखमा १ जना, गाउँपालिका अध्यक्षमा ४ जना र गाउँपालिका उपाध्यक्षमा ३ जना निर्वाचित भएका छन् । नेकपा एमालेको नगर प्रमुखमा १ जना र नगर उप–प्रमुखमा ३ जना निर्वाचित भएका छन् । त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीले १ जना नगरप्रमुखमा निर्वाचित भएका छन् । जिल्लामा जिल्ला समन्वय समितिको मतदाता १३ स्थानीय तहको २६ जना रहेका छन् ।

      जिल्ला समन्वय समितिमा प्रमुख, उप–प्रमुख सहितको कार्य समितिको २०७९ असार १ गते निर्वाचन हुने भएको छ । गठवन्धनबाट नेकपा (एस) काभ्रेका सचिव एवं युवा नेता दिपक कुमार गौतम र उप–प्रमुखमा नेपाली कांग्रेसबाट रिम वहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । नेकपा एमाले काभ्रेबाट कमला भट्टराई (काफ्ले) र उप–प्रमुखमा राजेन्द्र केसीले उम्मेदवारी दिनु भएको छ । काभ्रेको १३ पालिकामा गठवन्धनबाट २२ भोट छ भने एमालेबाट ४ भोट छ । निर्वाचनमा १३ पालिका प्रमुख तथा अध्यक्ष र उप–प्रमुख तथा उपाध्यक्षले गरेको मतदानबाट जिल्ला समन्वय समिति काभ्रेको प्रमुख र उप–प्रमुख सहित जिल्ला कार्य समिति छनौट हुने छ । दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका चन्डिका मिजार, एमालेका प्रमिला कामी, महिला सदस्य पदमा कांग्रेसका अप्सरा सिपखान, माओवादी केन्द्रका रस्मिता भण्डारी र कृष्ण कुमारी राईले, एमालेका मन मिजार, रुपा प्याकुरेल र रोजीना तामाङले खुल्ला सदस्यमा माओवादी केन्द्रका कमलराज गिरी, कांग्रेसका निरवहादुर लामा, मंगलबहादुर तामाङलले एमालेका प्रकाश बञ्जारा, वुद्धिलाल श्रेष्ठ र सागर मानन्धरले जिल्ला समन्वय समितिमा सदस्य पदमा जिल्ला निर्वाचन कार्यालय धुलिखेलको तालिम केन्द्रमा उम्मेदवारी दर्ता गराउनु भएको हो । यस निर्वाचनको लागि २०७९ असार १ गते १ः०० बजेदेखि ३ः०० बजेसम्म मतदान कार्यक्रम तय भएको कुरा प्रमुख निर्वाचन अधिकृत मोहन राज भट्टराईले बताउनु भयो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्