काभ्रेको बनेपामा जन्मेका शेषनारायण श्रेष्ठ सामाजिक क्षेत्रका एक अगुवा हुनुहुन्छ । व्यवसायिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल सामाजिक अभियन्ता शेषनारायणलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक ३२५ ब्क्ष् द्वारा लायन्स क्लवका संस्थापक सदस्य तथा सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको समारोहमा अर्का सामाजिक अभियान्ता बानेश्वरका मुकुन्दराज पाण्डेलाई समेत सम्मान गरिएको थियो । आजाद मावि एसएलसी २०३९ समूह बनेपाका अध्यक्ष समेत रहनु भएका शेषनारायणले काभ्रे जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा शैक्षिक समाग्री वितरण तथा आजाद मावि एसएलसी २०३९ समूहका साथीहरुले आजाद मावि भवन निर्माणमा समेत आर्थिक सहयोग गरी निर्माण गरेको थियो ।
