बेथानचोक गाउँपालिका वडा नं. ३ लप्सीबोट हाल बनेपा वडा नं. ९ नयाँबस्ती घरमा बस्दै आएका ३२ वर्षीय युवा राजकुमार तिमल्सिनाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी नायब उपरिक्षक डिएसपी हरि खतिवडाका अनुसार शनिबार ५ बजेतिर पिआर कन्सल्टेन्सी प्रालि आफ्नै कार्यालयको कोठाको सिलिङ्गको फ्यानमा सलको पासो लगाई झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताउनुभयो । सिभिल इन्जीनियरिङ अध्ययन सकेर विगत ३ वर्ष देखि पिआर कन्सल्टेन्सी सञ्चालन गरी कार्य गर्दै आएको कुरा एक स्थानीयले बनाए । धुलिखेल अस्पतालमा राजकुमारको पोष्टमार्टमपछि आइतबार नै परिवारले दाहसंस्कार गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीय राजकुमारले भने किन यसरी आत्महत्या गरे त्यो भने रहस्यमय बनेको छ । त्यसको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
