IMG-LOGO

नमोबुद्ध नगरपालिकामा न्यायिक समिति गठन

 मंगल, जेठ २४, २०७९  ---

 

      नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक प्रवक्ता चयन र न्यायिक समिति गठन गर्दै सम्पन्न भएको छ । बिहिवार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो वैठकले नगर कार्यपालिकाको निर्णय, बिज्ञप्ति, सार्वजनिक महत्वका सूचना लगायत सार्वजनिक गर्ने कार्यका लागि वडा नं ६ का वडा अध्यक्ष टिकाबहादुर केसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । बैठकले हरेक कार्यपालिका बैठकका निर्णयहरू नगरपालिकाको आधिकारिक वेबसाइटबाट सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

      प्रवक्ता टिकाबहादुर केसीका अनुसार आजको बैठकले नगर उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिलाई पुर्णता पनि दिएको छ । समिती संयोजक उपप्रमुख रत्नबहादुर लामा रहेका छन् भने समिति सदस्यमा वडा नं ४ का वडा अध्यक्ष अर्जुनबहादुर  कार्की र वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामा रहेका छन् । बैठकले मेथिनकोट अस्पतालको व्यवस्थापन समितिमा नगरपालिकाबाट सदस्य रहने व्यवस्था अनुसार वडा नं ३ का वडा अध्यक्ष रमेश तिवारीलाई सदस्य तोक्ने निर्णय गरेको छ भने नगरपालिकामातहत रहेको एउटा एम्बुलेन्सलाई दाप्चा स्वास्थ्यचौकी मातहत राखेर सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कार्यपालिकाको पहिलो बैठक अघि नगर प्रमुख कुनसाङ लामाले कार्यपालिका सदस्यमा निर्वाचित भएका आठजना सदस्यलाई सपथ ग्रहण गराएका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्