IMG-LOGO

सातौं राष्ट्रिय प्रोफेश्नल तेक्वान्दो प्रतियोगितामा

 मंगल, जेठ २४, २०७९  ---

सातौ राष्ट्रिय प्रोफेश्नल तेक्वान्दो (आई.टी.एफ) प्रतियोगितामा काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङ प्रथम भएका छन् । शनिबार बनेपामा सम्पन्न भएको प्रतियोगितामा रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई हराउँदै प्रथम भएका हुन । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशका अनिल तामाङ दोस्रो र एपिएफका सागर विक तेस्रो भए । आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

      राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यता, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको विशेष आतिथ्यता एवं वागमती प्रदेश तेक्वान्दो संघका  प्रमुख प्रशिक्षक राजमन्दिर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघ नेपाल (आइ.टि.एफ) ले बनेपाका युवा नरेशराज कायस्थलाई कालो पेटी (पहिलो डान) प्रदान गरेको थियो । प्रतियोगितामा प्रथम हुने रिकेशले ट्रफीसहित नगद ७५ हजार, दोस्रो हुने अनिलले ट्रफी सहित नगद ५० हजार र तेस्रो हुने सागरले ट्रफी सहित नगद २५ हजार रूपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमला, बरिष्ठ उपाध्यक्ष प्रविण कार्की, नेपाल आई.टि.एफ का महासचिव अञ्जु राउत, कोषाध्यक्ष बासु भट्ट, काभ्रे आई.टि. एफ का अध्यक्ष किशोर बरुण, अन्तराष्ट्रिय स्कुल स्पोट फेड्रेसनका कार्यकारी सदस्य राजकुमार कार्की, भूतपूर्व अन्तराष्ट्रिय म्याराथुन खेलाडी राजन खत्री लगायत खेलाडी एवं खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्