समुदायमा आधारित सहकारी संस्था चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले एक दिने निःशुल्क दन्त शिवीर गत मंगलबार सम्पन्न गरेको छ । सामाजिक कार्य अन्तरगत यस अघि रक्तदान कार्यक्रम संस्थाले गरेको लेखा प्रमुख रविन्द्र पोटेले बताउनुभयो । सुप्रिम डेन्टल हस्पिटल बनेपाको प्राविधिक सहयोगमा सञ्चालित दन्त शिवीरमा ५२ जना शेयर सदस्यहरु लाभान्वित रहेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष विकास बादेको सभापतित्वमा सम्पन्न कार्यक्रममा चण्डेश्वरी साकोसका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र (राजन) दाहाल संस्थाका कार्य समिति तथा उप–समितिहरुको कार्यक्रममा उपस्थित रहेको थियो ।
