IMG-LOGO

विपन्न कृषकहरुलाई निःशुल्क पाडी वितरण

 मंगल, जेठ २४, २०७९  ---

 

      धुलिखेल, धुलिखेल नगरपालिका वडा नं ८ का विपन्न कृषकहरुलाई निशुल्क भौंसीको उन्नत जातको पाडी वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका कृषकहरुलाई जीवनको समृद्धिको लागि २५ जना कृषकहरुलाई निःशुल्क पाडी वितरण गरेको कुरा धुलिखेल साना किसान कृषि सहकारी संस्था लिको साझेदारीमा २५ वटा भौसीको उन्नत जातको पाडी वितरण गरेको कुरा संस्थाका सचिव मिलन गौतमले बताए  । प्रति पाडीको २५ हजारका दरले ६ लाख २५ हजार मुल्य बराबरको भैंसीको पाडी वितरण गरेको संस्थाले जनाएको छ ।

      संस्था र भेटेरीनरीको १० प्रतिशत साझेदारीमा पाडी वितरण गरेको बताइएको छ । गोठ निर्माण तथा सुधारमा अनुदान रकम १ लाख १२ हजार, स्वलगानी १ लाख १२ हजार र पाडी खरिद ६ लाख २५ हजार गरी ९ लाख १२ हजार, तालिम बापत ७५ हजार, परजीवी नियन्त्रण तथा खोप कार्यक्रम २० हजार र प्राथमीक उपचार २२ हजार सबै गरी कुल जम्मा लागत १० लाख ५० हजार ५ सयमा लगानीमा २५ जना कृषकलार्य पाडी वितरण गरिएको हो । कार्यक्रममा धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि धुलिखेलका अध्यक्ष हरिषचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्