IMG-LOGO

धुलिखेल अस्पतालमा बंगारा र कञ्चट जोड्ने हड्डी खिइएको शल्यक्रिया

 मंगल, जेठ २४, २०७९  ---

 

      शमानिसको बंगारा र कञ्चट जोड्ने हड्डी खिइएमा, वा अनुहारको स्वरुप अप्राकृतिक हुँदै गएमा धुलिखेल अस्पतालमा शल्यक्रिया गर्न सकिने भएको छ । धुलिखेलमा पहिलो पटक दुबै साइडका त्झउयचयmबलमष्दगबिच  व्यष्लत को शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको दन्त विभाग–मेक्जीलो फेसियल सर्जरी डिपार्ट प्रमुख डा. चन्दन उपाध्यायले जानकारी दिनुभयो । कुनै दुर्घटना वा चोटपटक बाट अनुहारको चिउडोमा असर गर्दा भविष्यमा खाना खान असहज हुने, मुख नखुल्ने साथै अनुहार अप्राकृतिक हुँदै जाने भएमा शल्यक्रियाका लागि त्झउयचयmबलमष्दगबिच  व्यष्लत निःशूल्क  उपलब्ध गराउने डा. उपाध्यायले बताउनुभयो । त्झउयचयmबलमष्दगबिच  व्यष्लत को लागत करिब १० लाख पर्दछ  । अष्ट्रेलियाका डा. रिकि र एन्ड्रयुको सहयोगमा उक्त ज्वाइन्ट निःशुल्क उपलब्ध गराउने आश्वासन पाएको भन्दै उहाँले आन्तरिक खर्च र अप्रेसन खर्च मात्रै विरामीले व्यहोर्नु पर्ने जानकारी दिनुभयो ।

      यसैबीच काठमाण्डौँ कपनकी २० वर्षीया ज्योत्सना अर्यालको त्झउयचयmबलमष्दगबिच व्यष्लत सम्पन्न भएकोमा उनका बुबा हेमेन्द्र अर्याल र आमा कल्पना अर्याल खुसी देखिन्थे । साढे २ वर्षको उमेरमा ज्योत्सना लडेर घाइते हुँदा उपचार पश्चात निको भएको थियो तर उमेर बढ्दै जादा उनीलाई मुख खोल्न गारो हुने साथै अनुहारको आकार परिवर्तन हुँदै गएकोमा परिवार चिन्तित थियो । समस्या समाधानको लागि अस्पताल धाउने चिनेजानेका सँग परामर्श लिने गर्दै गर्दा ९ वर्ष छदाँ ज्योत्सनाको शल्यक्रिया गरिएको थियो । तैपनि भनेजस्तो अनुहारको समस्या समाधान नभएपछि उनीलाई धुलिखल अस्पतालमा राखि डा.उपाध्यायको टिमले   त्झउयचयmबलमष्दगबिच  व्यष्लत सफलता पुर्वक शल्यक्रिया गरेको हो । साथै धुलिखेल अस्पतालले २ वटा मेसिनबाट घम् प्रिन्टिङबाट समेत सेवा दिइरहेको बताइएको छ । त्झउयचयmबलमष्दगबिच व्यष्लत सँग सम्बन्धित जो कोही विरामीले न्यूनतम शुल्कमा उपचार गर्न अब धुलिखेल अस्पतालमा सम्भब भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्