IMG-LOGO

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कृत  

 मंगल, जेठ २४, २०७९  ---

      कृषि ज्ञान केन्द्र काभ्रेले ७ जना उत्कृष्ट कृषकलाई एक कार्यक्रमका बीच राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बाट सम्मान गरेको छ । मंगलबार काभ्रे र सिन्धुपाल्चोक जिल्लाका कृषकहरुलाई नगद १५ हजार सहित कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र वहादुर प्रधान, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले सम्मान गर्नु भएको हो । उत्कृष्ट राष्ट्रपति कृषक सम्मानका लागि आवेदन माग गरिएका ३८ वटा आवेदन मध्ये ७ वटा आवेदन छनौट गरी स्थलगत अध्ययन पश्चात सम्मान गरिएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले बताउनुभयो ।

      राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनेहरुमा कृषकहरु कमला लामा, अप्सरा तिमल्सिना घिमिरे, दिपेशचन्द्र लामा, राजेन्द्र ढकाल, डिन्डु तामाङ, भिमप्रसाद ढकाल, न्युच्र्युङ्ग तामाङ रहेका छन् । कृषकहरुलाई उत्कृष्ट बनाउन कृषि ज्ञान केन्द्रले निरन्तर कार्यक्रमको प्रभावकारीता बढाउँदै लगेको ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले कृषिमा दिइने अनुदान खारेज गरी विउँ पुँजी मार्फत कृषकहरुलाई थप राहत उपलब्ध गराउने कार्यक्रम शुरु भएको बताउनुभयो । कार्यक्रममा भेटेरिनरी अस्पतालका प्रमुख राजकुमार हुमागाई, कृषि प्राविधिक बलदेव केसी,  कृषक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्