ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले कोभिड–१९ को कारण रोकिएको रोडरेस प्रतियोगिता पुनः २०७९ जेष्ठ२८ गते गर्ने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बाहेकका काभ्रे जिल्लाका अन्य रविद्यालयका विद्यार्थीहरु प्रतियोगीतामा सहभागी हुन सक्ने छन् । छात्राहरुले ३ किलो मिटर रेस गर्ने छन् । बनेपाको नाला दोवाटो हुँदै चण्डेश्वरी पुगेर ज्ञानकुञ्ज शैक्षीक प्रतिष्ठान पुनः फर्केर आउनु पर्ने छ । पनौतीबाट शुरु हुने छात्रहरुको रेस प्रतियोगीता सुब्बागाउँ श्रीखण्डपुर चारदोवाटो नाला दोवाटो हुँदै ज्ञानकुञ्ज विद्यालयसम्म ७.५ किमिको हुने छ । विजयी विद्यार्थीहरुलाई प्रथम, दुतीया, तृतीया हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने कुरा प्रवन्ध निर्देशक प्रताप बैद्यले जानकारी दिनुभयो ।
प्रमाण पत्र ः पुरस्कार गरी ७० हजार र अन्य व्यवस्थापन गरी ४ लाखा ७० हजार खर्च हुने जनाएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद मार्फत अनुशासन कायम गरी, नेतृतवदायि भूमिका खेल्ने र कुलतबाट जोगाउन रेडरोस प्रतियोगीता गरिएको सञ्चालक अध्यक्ष शुरकृष्ण बैद्यले बताउनुभयो । विद्यालयले विद्यार्थीहरुको अन्तर सम्बन्ध कायम गर्न सक्ने र स्वास्थ प्रतिपर्धाबाट जीवनलाई सकारात्मक बाटोमा डो¥याउन मद्दत गर्ने कुरा सञ्चालक आत्माराम थापाले बताउनुभयो । शिक्षा विद्यार्थीको लागि, विद्यार्थी राष्ट्रको लागि भन्ने नाराका साथ किण्डर गार्टेन देखि स्नाकोत्तर सम्मको अध्ययन गर्न सकिने प्रवन्ध गरेको छ । विगित २० वर्षदेखि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आधुनिक तथा व्यवसायिक शिक्षा प्रदान गर्दै आएको कुरा विद्यालयका प्रवन्ध निर्देशक प्रताप वैद्यले बताउनुभयो । कार्यक्रममा विद्यालयका सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, प्रशासन प्रमुख अर्जुन खडका, जिल्लाका क्रियासिल सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
