काठमाण्डौँ विश्व विद्यालयको २७ औँ दीक्षान्त समारोह अन्तरगत दोश्रो चरणमा १ हजार ७ सय १५ विद्यार्थी दीक्षित भएका छन् । ंनेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा शुक्रबार सम्पन्न भयो । कुलपति समेत रहेका प्रम देउवाको सिप सहितको व्यवहरिक शिक्षा प्रदान गरेर काठमाण्डौँ विश्व विद्यालयले स्रहानीय कार्य गरेको बताउनुभयो । बौद्धिक बेरोजगारको अन्त्य गरी मुलुकमै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक विकासमा दीक्षित भएका दक्ष जनशक्ति मुलुकका लागि कार्य गर्नु पर्ने धारणा राख्नुभयो । उक्त समारोहमा अइआइटी हैदरवादको निर्देशक विएस मुर्ति प्रमुख अतिथि थिए । शुक्रबार केन्द्रीय परीसर धुलिखेलमा एजुकेशन आर्टस इन्जिनियरिङ, म्यानेजमेन्ट साइन्स र मेडिकल साइन्स विद्याका ११ जना, पिएचडी तथा ४३ जना एमफिल सहित दीक्षित भएका छन् । दीक्षित हुनेहरु मध्ये १ सय ५७ विदेशी विद्यार्थी हुन् ।
विश्व विद्यालयमा नै पहिलो पटक वीएसी इन कम्युटेसनल म्याथम्याटिक्समा १५ जना, एमएससी फिजिकसमा ९ जना एमएसी पब्लीक हेल्थ र इपिडिमियलोजी मा ५र एसएससी पब्लीक हेल्थमा ५ विद्यार्थीलाई उपाधि प्रदान गरेको थियो । २०७८ मंसिर २९ गते भएको पहिलो चरणको दीक्षान्तमा १२ जना पिएचडी र ३० जना विद्यार्थी एमफिल सहित स्नातक र स्नाकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका थिए । कार्यक्रममा स्नाकोत्तर तहमा सबै भन्दा बढी ४ जीपीए प्राप्त गर्ने स्कुल अफ इन्जिनियरीङका दीपेन्द्र पन्त, सुदिप श्रेष्ठलाई चान्सलर स्वर्ण पदक र स्नातक तहमा सबै भन्दा बढी जीपीए ल्याउने विद्यार्थी ३.९९ ल्याउने स्कुल अफ आर्टसबाट अभिन्या रायमाझिलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको थियो ।
स्नातक तह एमवीवीएस सबै भन्दा बढी अंक ल्याउने मणीपाल कलेज अफ मेडिकल साइन्स पोखराका जायज अधिकारीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरियो । जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदकब स्कुल अफ म्यानेजमेन्ट एमविएसमा ३.९२ जीपीए ल्याउने आरती काफ्लेलाई र एमविए तहको सबोत्कृष्ट विद्यार्थीलाई प्रदान गरीने रणबहादुर शाह स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्ट कै जिपिए ३.८ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी श्रृजना भण्डारीलाई प्रदान गरिएको थियो ।
