हिजो बसेको मन्त्री परिषदको बैठकले आइतबार दिएको बिदा खारेज गरेको छ । गत बैशाख २६ गते बसेको निर्णयले आइतबार पनि विदा दिने निर्णय गरेको थियो । आगामी असार देखि आइतबार बिदा नहुने भएको छ । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय खारेज भएको कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । हिजो मात्र बिदाको बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका थिए ।
