IMG-LOGO

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

 मंगल, जेठ २४, २०७९  ---

      सवारी धनीले सवारी साधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडान नगरे यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । विभागले सार्वजनिक सूचना जारी गरी २०७९ श्रावण १ गते भित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी साधनहरुले इम्बोस्ड नम्बर प्लेट नराखे कानुन बमोजीम कारवाही हुने जनाएको छ ।

      बागमती प्रदेश अन्तरगत यातायात व्यवस्था कार्यालय साना ठूला सवारी एकान्त कुना ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटर साइकल) गुर्जुधारा तथा गण्डकी प्रदेश अन्तरगत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारी साधन धनीहरुलाई निर्देशन दिइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी धनिले इम्बोस्ड नम्बर जडान गर्न आलटाल गरेकाले विभागले सचेत गराएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्