IMG-LOGO

जनप्रतिनिधि सम्मानित

 मंगल, जेठ १७, २०७९  ---

      नेकपा माओवादी केन्द्रका सदस्य तथा कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले जनताले चुनेका जन प्रतिनिधिले राम्रो काम गरेन भने पार्टीले फिर्ता बोलाउने ब्यवस्था हुनुपर्ने बताउनु भएको छ । राम्रो काम गर्नेको जनताले नै मुल्याङकन गर्ने र अहितमा काम गर्ने जो कोहि जनप्रतिनिधिलाई पार्टीले कारबाही गरिने भन्दै उहाँले  पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गरेर देखाउन निर्देशन दिनुभयो । शनिबार स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्लाका १३ स्थानीय तहमा नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

      पुर्व मन्त्री सुर्यमान दोङ लालध्वजले निर्वाचित सबै प्रतिनिधिहरुले जनता प्रतिको उत्तरदायि जिम्मेवारी लिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । माओवादी केन्द्र काभ्रेले जिल्लामा निर्वाचित पालिका अध्यक्ष चार जना, उप प्रमुख चार जना, वडा अध्यक्षमा जितेका २५ जना र वडा सदस्यमा जितेका गरी १ सय २१ जना नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति संयोजक भोला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव दैबलाल घिसिङले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्