इन्द्रे्रश्वर क्याम्पस पनौतीले स्थानीय निकाय २०७९ मा निर्बाचित पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा वडा नंं ७ अध्यक्ष सबिन ताम्राकारलाई स्वागत तथा सम्मान कार्यक्रम सञ्चालक समितिले शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रममा बिजयी जनप्रतिनिधिहरुलाई खादा, टोपी, बधाई पत्रसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा नंं ७ अध्यक्ष सबिन ताम्राकार, क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकार, कोषाध्यक्ष भिमसेन बस्नेत, सदस्य केशव थापा तथा क्याम्पस प्रमुख श्रीकुमार सुवालले उच्च शिक्षाको उपादेयता, भावी योजना एबं शैक्षिक गतिबिधिहरुको बारेमा प्रकास पारेका थिए ।
