IMG-LOGO

पनौतीको खोपासीमा स्वास्थ्य सेवा विस्तार

 मंगल, असोज २७, २०७७  ------

    पनौती नगरपालिका वडा नं १० खोपासीमा स्वास्थ्य सेवा विस्तार गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा एक्स्रे मेसिन, अल्ट्रा साउण्ड (भिडियो एक्स्रे) इ.सी.जी मुटुको जाँच गर्ने मेसिन जडान गरेको छ । पनौती नगरपालिका स्वास्थ्य शाखाले जनताका लागि स्वास्थ्यको पहुँच विस्तार गरेकोमा स्थानीयहरू हर्षित भएका छन् । स्थानीयहरू एक्स्रे, भिडियो एक्स्रे, इ.सी.जी. को लागि बनेपा र धुलिखेलको अस्पताल धाउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । स्वास्थ्य उपकरण खरिदको लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट १४ लाख र नपुग थप रकम पनौती नगरपालिकाले ४ लाख बेहोरेको हो । एक्स्रे मेसिन मर्मत सञ्चालनको लागि ५ लाख बजेट प्रदेश सरकारले उपलब्ध गराएको पनौती स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले जानकारी दिनु भयो । नगर प्रमुख भिम न्यौपानेले नागरिकमा स्वास्थ्यको पहुँच विस्तार कार्यक्रमको बिहीबार शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष मोहन बहादुर भण्डारी, डाक्टर सम्झना शर्मा, प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको व्यवस्थापन टिमको सहभागिता रहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र दुई, शहरी स्वास्थ्य केन्द्र दुई र ८ वटा स्वास्थ्य चौकी १२ वटा स्वास्थ्य संस्था पनौती नगरमा सञ्चालित रहेका छन् । ३ जना डाक्टर सहित ९५ जना स्वास्थ्य जनशक्तिले नगरका नागरिकहरूको स्वास्थ्य सेवामा सहयोग पु¥याएका छन् । पनौती नगरपालिका स्वास्थ्य शाखाका संयोजक पुरुषोतम तिमल्सिनाका अनुसार केही दिन भित्रै पनौती वडा नं ७ र वडा नं ३ कुशादेवी क्षेत्रमा भिडियो एक्स्रे मेसिन जडान गरिने जनाउनु भयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्