पनौती, लडकेश्वर प्लाष्टिक प्रोडक्सन प्रालिले बैद्धिक परम्परा अनुसार पुजा सञ्चालन तथा लाख बत्ती बाल्ने कार्यक्रम शनिबार सम्पन्न भएको छ । सोही दिने कम्पनीका प्रवन्ध सञ्चालक नारायण प्रसाद तिमल्सिनाको ९५ वर्षीय हजुरआमाको जन्मदिनमा राधामाई तिमल्सिनालाई परम्परा अनुसारको तुलादान समेत गरिएको थियो । सोही अवसरमा पनौती, धुलिखेल, बनेपामा ६५ जना जेष्ठ नागरिकहरुलाई मिष्टान्न भोजन खुवाउनुका साथै नगद र खादाद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा माइती बृद्धाश्रम पनौतीका ३५ जना जेष्ठ नागरिकहरुलाई समेत नगद प्रदान सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा तुलादान गरेको सिक्का रकम माइती बृद्धाश्रम पनौतीका अध्यक्ष रघुनाथ तिमल्सिनालाई कम्पनीका प्रवन्ध सञ्चालक नारायण तिमल्सिनाले हस्तान्तरण गर्नु भएको थियो ।
