IMG-LOGO

खोजी हिडे बोलको गीत सार्वजनिक

 मंगल, जेठ १७, २०७९  ---

 

      गायक स्वरुपराज आचार्यको स्वरमा रहेको  ‘खोजी हिडे’  बोलको गीत  यसै साता सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङ्गले संगीत र  डा. भामा  देवकोटा शर्माको रचना रहेको छ । भामा पेशाले चिकित्सक हुन् तर गीत लेखनमा पनि उनि सक्रिय मानिन्छिन। ‘खोजी हिडे’ गीतको भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको अभिनय  रहेको छ । प्रमोद भामाका श्रीमान हुन् र उनि पनि चिकित्सकनै हुन्। प्रमोद यो पटक नेपाल आएको मौकामा उनले आफ्नी श्रीमतीको तिन वटा गीतका भिडियोहरु बनाएका छन् । र सबै भिडियोमा प्रमोदले नै अभिनाय गरेका छन् ।

      पहिलो पटक भिडियोमा काम गरेका प्रमोदको कामलाई सबैले राम्रै भनेका छन् । बसन्त  सापकोटाले निर्देशन गरेको भिडियोलाई दिपक कुमार शर्मा र अम्बिका शर्माले  मिलेर निर्माण गरेका हुन् । भिडियोमा बलात्कारको घटनाको बिषय उठाउन खोजिएको छ। पछिलो समय एक पछि अर्को बलात्कारको घटना सार्बजनिक भैरहदा यो भिडियोमा पनि पीडितले आफ्नो कथा पाउन सक्ने छ । भिडियो प्रभामा युटुब च्यानल मार्फत रिलिज गरिएको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्