नेपाल आयल निगमले जनताहरुको ढाडसेक्ने गरी पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थीहरुको संगठनले बनेपा र धुलिखेलमा विरोध प्रदर्शन गरेका छन् । परमादेशी सरकार राजीनामा दे मुल्य वृद्धि फिर्ता गर भन्ने लगायतका नारा लगाएका थिए । गत जेठ १० गते गरेको विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले विरोध प्रदर्शन गरेका थिए । नेपाल आयल निगमले प्रति लिटर डिजेल रु. १६३, मट्टितेल रु. १६३, पेट्रोल रु १८० र ग्यास प्रति सिलिन्डर रु १७५० मूल्य बृद्धि गरी कायम गरेको थियो ।
