IMG-LOGO

बरदान रियल स्टेटको विजीनेश वर्क कार्यक्रम

 मंगल, जेठ १७, २०७९  ---

      पनौती, बरदान रियल स्टेट एण्ड कन्ट्रक्सन प्रालि पनौतीको विजीनेश वर्क तथा लाल पूर्जा वितरण कार्यक्रम शनिबार डायमण्ड हिल रिसोट पनौतीमा सम्पन्न भयो । विगत दुई वर्ष अघि ४० युवाहरुको लगानीमा ४ रोपनी ४ आनामा निर्माण भएको घर खरिद गर्नेहरुलाई लालपूर्जा समेत वितरण गरिएको थियो । पनौती नगरपालिकाका नवनिर्वाचित  नगर प्रमुख रामशरण भण्डारीले पनौती–९ भण्डारी गाउँमा बनेका नमुना बस्तीको दुई दुई तलाका निर्माण भएका ३ वटा घरहरुको लालपूर्जा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले व्यवसाय प्रवद्र्धनको लागि आवश्यक पर्ने ऐन नियम पनौती नगरपालिकाले बनाउने र पनौतीको विकासको लागि स्थानीय सरकार र नीजि लगानीकर्ताहरुको पारस्पारीक सहयोग सदभावले उद्यमशिलताको विकास गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

      कार्यक्रममा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, कम्पनीका कानुनी सल्लाहकार शुरेश ताम्राकार, कम्पनी प्रवन्धक सञ्चालक सोवित थापा लगायतले बोल्नुभएको थियो । देश विकासको लागि पूर्वाधारको गुणस्तरीय निर्माण अपरिहार्य भएको र शहरलाई व्यवस्थित शहर निर्माणमा एकीकृत नमुना वस्तिको विकास आवश्यक रहेको प्रवन्ध सञ्चालक थापाले बताउनुभयो । पनौती ९ मा निर्माण भएको ११ वटा घरमा ३ वटा घर विक्रि भएको कुरा सल्लाहकार निराजन ढुङ्गोेलले बताउनुभयो । कार्यक्रममा कम्पनीको संरक्षक राजकुमार महाजु, प्रमुख सल्लाहकार धनवहादुर  जंगम, प्रवन्ध सञ्चालकहरु सूर्य थापा, तिर्थ विआर, दिपक बञ्जारा र नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व कम्पनी अध्यक्ष पुस्पराज हेजुले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्