IMG-LOGO

प्रेस सेन्टर काभ्रेले जनप्रतिनिधि सम्मान ग¥यो

 मंगल, जेठ १७, २०७९  ---

 

      प्रेस सेन्टर काभ्रेपलाञ्चोक शाखाले स्थानीय तह निर्वाचनमा काभ्रेबाट विजयी हुने माओवादीका नेतालाई शनिबार सम्मान गरेको छ । माओवादी केन्द्र बाट स्थानीय तहको निर्वाचनमा प्रमुख र उप प्रमुखमा निर्वाचित भएका ८ जना लाई सम्मान गरेको हो । प्रेस सेन्टर जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षतामा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं पूर्व मन्त्री सुर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा माओवादी केन्द्र बाट जिल्लामा निर्वाचित भएका खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल, रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रत्न लामा, तेमाल गाउँपालिका उपाध्यक्षमा दलमान थोकर र बेथानचोक गाउँ पालिका उपाध्यक्ष तारा राना तिमल्सिना सम्मानित हुनुभयो । जन प्रतिनिधि सम्मान गर्दै पुर्व मन्त्री दोङले माओवादी पार्टीबाट निर्वाचित भएर मुख्य रुपमा जनताको सेवक हो भनेर सबै प्रतिनिधिहरुले काम गर्नुपर्ने बताउनुभयो । प्रेस सेन्टरका बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, केन्द्रीय सदस्य डिल बहादुर थोकर, पेमा लामा लगायत संचारकर्मी एवं नेता कार्यकर्ताको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शाखा सचिव शिव पन्तले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्