IMG-LOGO

धुलिखेल अस्पतालमा रक्तनशा सम्बन्धी रोगको निदान

 मंगल, जेठ १७, २०७९  ---

 

      धुलिखेल, धुलिखेल अस्पताल रक्तनशा सम्बन्धी रोगहरुको उपचार शसक्त ढङ्गबाट अघि बढाएको छ । सन २०१२ सेप्टेम्बर देखि अस्पतालले रक्तनशा सम्बन्धी शल्यक्रिया चिकित्सा सेवा शुरु भएको कुरा फोक्सो, मुटुरोग एवं रक्तनशा शल्य चिकित्सक डा. रविनमान कर्माचारीले बताउनुभयो । रक्तनशा सम्बन्धीत रोगहरु दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको धुलिखेल अस्पतालले जनाएको छ । शिरा, धमनी र पालता (सतही) नशा गरी हाम्रो शरिरमा  तीन थरीका रक्तनशाहरु मध्ये कुनै पनि एक संरचनामा हुने समस्यालाई रक्तनशाको रोगको रुपमा लिइन्छ ।  जीवन शैलीमा आएको परिर्वतन, अस्वस्थ खानपान एवं आधुनिकताले गर्दा नेपालमा पनि पछिल्लो समय रक्तनशा रोगहरु बढिरहेको कुरा प्रा.डा. सुमनराज ताम्राकारले बताउनुभयो ।

      पिडुँलामा नशा फुल्ने समस्या, खुट्टाका नशाहरुमा रगत जम्ने  समस्या, जन्मजात  रगत नशाको बनावटमा समस्या र शरिरका धमनीको समस्या रहेको पाइन्छ । सन् २०१४ देखि धुलिखेल अस्पतालले निक्कै सानो चिरफार मात्र चाहिने तापतरङ्ग प्रविधि, रेडियो फ्रिक्वेन्सी प्रविधिबाट  उपचरा गरिदै आएको छ । जन्मजात  रक्तनशामा समस्या आउँदा रक्तनलीहरु गुजमुजिने  हुन्छ । त्यस्तो समस्याको लागि धुलिखेल अस्पतालले २०२१ जनवरी देखि क्याथ ल्यावको शुरुवात गरेको छ । जन्मजात रक्तनशाको बनावटमा ५ सय भन्दा बेसीको उपचार धुलिखेल अस्पतालले गरि सकेको डाक्टर सतिस बैद्यले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्