IMG-LOGO

सामुदायिक सूचना नेट वर्कको १३ औँ वार्षिक उत्सव

 मंगल, जेठ १७, २०७९  ---

 

      काठमाण्डौँ, सामुदायिक सूचना नेटवर्कको १३ औँ वार्षिक उत्सव समारोह आइतबार अल्फा विटा कम्प्लेक्स काठमाण्डौमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अकोराव नेपालका अध्यक्ष अर्जुन गिरीले स्वागत मन्तव्य दिइ सभापतित्व ग्रहण गर्नु भएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले समाजमा चेतना फैलाउन र लोकतन्त्रको संस्थागत विकासमा सञ्चार माध्यमको उल्लेखनीय  भूमिका रहेको बताउँदै सामुदायिक रेडियोहरुले झन सशक्त भूमिका निर्वाह गरेको आफूले पाएको बताउनुभयो । जलबायु परिवर्तनको सवाल, वातावरण संरचना, समाजको उत्थान जोड्ने कार्य सञ्चारमाध्यमले गर्नु पर्ने धारणा मन्त्री कार्कीले राख्नुभयो । सूचना र सञ्चार प्रविधिको युगमा तराई, हिमाल र पहाडको राष्ट्रिय भावनामा एकताबद्ध हुन र जवाफदेहिता उत्तरदायित्व बहन गर्न अभिप्रेरित गरी चेतना फैलाउन निरन्तर लाग्नु पर्ने विचार मन्त्री कार्कीले राख्नुभयो ।

      देशमा सबैजनता र सञ्चार माध्यमको स्थायित्व विकास गरी समृद्धि बनाउनु नै संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएकोले मन्त्री कार्कीले भन्नुभयो । कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला पराजुली, सूचना तथा प्रशारण विभागका महानिर्देशक गोमन हमाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सिआईएनका संस्थापक अध्यक्ष मिनबहादुर शाही, विज्ञापन वोर्डका अध्यक्ष लक्षमण बाँकी ३ पेजमा.... हुमागाइ, रेडियो नेपालका कार्यकारी निर्देशक बेद्धिबहादुर केसी, सञ्चारीका समुहका अध्यक्ष विमला तुम्खेवा, अकोरावका कार्यकारी निर्देशक बालकृष्ण पोखरेल, शेयर काष्टका प्रमुख मधु आचार्य, वानका कार्यवहाक अध्यक्ष कुमार भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सिआइएन को साझा खवर थप मजवुद बनाउन साझा आवाज बनाउन कसरी सम्भव छ भन्ने सवालमा विभिन्न विद्याका विज्ञहरुले सुझाव दिनुभएको थियो । सञ्चार माध्यम रेडियोको श्रोत बढाउन सूचनालाई सम्पतीको रुपमा लिन, सुरक्षाको अनुभूति गराउन, असमझादादी बढाउन हैन् घटाउन र सद्भाव र सहयोग बढाई समृद्धिको यात्रामा अघि बढ्न सक्ने अवस्थाको सृजना हुनुपर्ने सुझाव प्राप्त भएको थियो ।

      त्यस्तै गरी विचार बहस र विश्लेशणलाई महत्वको साथ अघि बढाउन जरुरी भएको आर्थिक, सामाजिक विषय वस्तुको उठान संस्कृतिको सुरक्षा, जगेर्ना, सामुदायिक सद्भाव कायम गरी, सामाजिक मनेविज्ञान स्रोत र पाठकको मनोभावना, बजार मागलाई सम्बोधन गरेर युवा वर्गलाई बढी केन्द्रीत गरेर कार्यक्रम उत्पादन गर्न जरुरी रहेको विज्ञहरुले सुझाव दिनु  भएको थियो । कार्यक्रममा अर्थविद् डा. चन्द्रमणी अधिकारी, शिक्षाविद् विद्यानाथ कोइराला, प्राध्यापक ध्रुव घिमिरे र डा. समिर कुमार अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै गरी सामुदायिक सूचना नेटवर्कले सञ्चार क्षेत्रमा योगदान गरेका सञ्चारकर्मीहरुलाई १५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरेको छ । स्वयंसेवक सामुदायिक पत्रकार पुरस्कार ललिता हायु रेडियो सिद्धबाबा सिन्धुली, सामुदायिक रेडियो पत्रकारिता पुरस्कार महिला सोभा हुमागाई, रेडियो रोशी काभ्रे, भुवन रायमाझी रेडियो मुक्ति पाल्पा, सीआईएन आन्तरिक शुशिला श्रेष्ठ समेत सम्मानित हुनु भएको थियो । सिआइएन प्रमुख दिपक आचार्य सहजीकरण गर्नु भएको कायर्यक्रमको सञ्चालन रेडियोकर्मी लिपप्रकाश चन्द्रले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्