यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्ध गरेको छ । नयाँ अनलाइन प्रणाली शुरु गर्न लागेको भन्दै यातायात व्यवस्था विभागले नयाँ तथा वर्ग थपको लागि लिइएका सबै अनलाइन आवेदन रद्ध गरेको जनाएको छ । विभागका अनुसार बउउथिम।िमयतm।नयख।लउ मा लगइन गरी नयाँ आवेदन भर्नु पर्ने हुन्छ । नयाँ लाइसेन्स लिनका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुल्ला गरेको छ । तर वर्ग थपको लागि भने अर्को हप्ताबाट आवेदन खुला हुने जनाएको छ ।
